इलाम : इलामको माईजोगमाई गाउँपालिका २ जोगमाई खोलेमा आगामी २७ असोजदेखि १६ कात्तिकसम्म दोस्रो लभ्ली नकआउट खुल्ला पुरुष फूटबल प्रतियोगिता संचालन हुने भएको छ ।
माईजोगमाई गाउँपालिकाको ७० हजार आर्थिक सहयोग र स्थानिय खेल प्रेमिहरुको आर्थिक सहयोगमा हुन लागेको आयोजक समितिका अध्यक्ष दावा शेर्पाले बताए ।
शारदा आधारभुत विद्यालयको खेलमैदानमा सन्चालन हुने खेलमा इलाम झापा पाँचथर र भारत बाट जम्मा ३० टिमको सहभागी हुने आयोजकको अनुमान छ ।
दसैं तिवारको समयमा माईजोगमाई गाउँपालिकाको कुनै स्थानमा फुटबल खेलको आयोजना नहुने भएकोले बिगत वर्षदेखि आयोजना हुरु गरेको र आगामी बर्ष पनि यसलाई निरन्तरता दिदै जाने उपाध्यक्ष प्रदिप खड्काले नयाँ बुलन्दलाई बताए ।
प्रतियोगिता भव्य र सभ्य बनाउन दावा शेर्पाको अध्यक्षमा २१ सदस्य मूल आयोजक समिती पनि बनाएको छ । प्रतियोगिताका लागि ४ लाख लाग्ने अनुमान आयोजकको छ । विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् ।






















































