लिम्बू विद्यार्थी मञ्‍चको अध्यक्षमा दिपा लक्सम निर्वाचित

ताप्लेजुङ : लिम्बू विद्यार्थीहरुको साझा संस्था लिम्बू विद्यार्थी मञ्चको ९ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा दिपा लक्सम निर्वाचित भएकी छन् ।

ताप्लेजुङको फुङलिङमा सोमबार सम्पन्न महाधिबेशनबाट लिम्बू विद्यार्थी मञ्चले अध्यक्षमा पहिलोपटक महिला नेतृत्व पाएको हो । महाधिवेशनले लक्समको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यमा नितेश सिंघक, उपाध्यक्षहरूमा विक्रम शेर्मा, रामकुमार लिङदम, राजेश इवाहाङ, दमन्ता साँवा र मोहन मावो निर्वाचित भएका छन् ।

महासचिवमा गुल्सन आङबुहाङ, उपमहासचिवमा प्रदिप नयोङ र सागर सरगम चेम्जोङ निर्वाचित भएका छन् । सचिवमा सेमि तुम्वापो, तारावीर मोरोहाङ, प्रविन सेलिङ, डिल्ली लुङफ्ङवा र कोषाध्यक्षमा मन कुमार योङहाङ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सिवकुमार थेगिम, जुनु लिम्बु (सृष्टि), सन्तोषी लिङदेन, सोममाया लिम्बु, संजिव लिम्बु, स्मृती कन्दङवा, रेखा लावती, श्री लिङखिम, मेरिता लिम्बु, उपेन्द्र याक्सो, मनु लिम्बु र दिवस लावती सर्व सम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष दिपा लक्समलाई अध्यक्ष मण्डलका अध्यक्ष किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष याम योङहाङले सपथ ग्रहण गराएका थिए भने समितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाइ निर्वाचित अध्यक्ष दिपा लक्समले सपथ ग्रहण गराएका थिए ।

महाधिवेशनमा लिम्बुवानका ९ जिल्ला र उपत्यकासहित १३ जिल्लाका ४ सय भन्दा वढि प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए ।

आइतबार सुरु भएको महाधिवेशनको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले गरेका थिए .। कार्यक्रम मञ्चका अध्यक्ष फिपराज बेघाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार