
इलाम : राँके-रवि सडकको आसपास हुँदै विस्तार भएको ३३ केभी क्षमताको विद्युत प्रसारण लाइनका केहि खम्बाहरु ढल्ने अवस्थामा पुगेका छन् । करेन्ट सुचारु हुनुअघि नै सडकको दुई तर्फ गाडिएका खम्बा ढल्ने र त्यसमा टाँगिएका तार भुइँमा लत्रन थाकेका छन् ।
विद्युत प्राधिकरणले राँके देखि लाइन विस्तार गर्दा सडक नजिक दुरिमा खम्बा ठड्याइएको र स्तरोन्नति हुँदा ढल्ने खतरा बनेको छ । प्रायः हिलाम्मे हुने यो सडकमा यात्रा गर्ने जो कोहीले बिग्रेको सडकको शास्ति भोग्नु त यहाँको विशेष्ता नै हो, अझ सडक संगै टाँगिएका तारमा बेरिने त्रास थपिन्दै गएको छ ।
हरेक दिन यो बाटो भएर पाँचथर यासोक, रवि, फिदिम तथा इलाम र झापा धेरै सवारी साधन ओहोरदोहोर गर्ने गर्दछन् । छोटो यात्राका पैदल यात्री तथा विद्यार्थीहरुको आवातजावत हुने बाटोमा झुन्डिएको तारमा अल्झिएर लड्ने जोखिम रहेको उनीहरुको गुनासो छ ।
भौतिक तथा मानवीय क्षति हुने खतरा भएकोले समयमै सम्बन्धित पक्षले यसको व्यवस्थापन गर्न जरुरी रहेकोे नागरिक बताउँछन् ।
केहि महिना राँके देखि भेडेटार सम्म पुग्ने १०१ किमि बाटो कालोपत्र गर्न प्रधानमन्त्रीले केपि ओलीद्वारा शिलान्यास भएको थियो । बाटोको स्तरोन्नति र केहि कामहरू भारतिय ठेकेदार कम्पनीले शुरूवात गरे तापनि पछिल्लो समयमा भने त्यति गति लिएको छैन।
























































