साना सहयोगी नेपालद्वारा खेलकुद सामग्री वितरण

चुलाचुली : इलामकाे माङ्सेबुङ्ग गाउँपालिका ४  सिमलटार स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि ८ सम्मका विद्यार्थीलाई खेलकुदका विभिन्न पाेसाक वितरण गरिएको छ ।

उक्त वडाका वडाअध्यक्ष अमृत कुमार राईकाे प्रमुख अतिथित्व रहेको कार्यक्रममा “साना सहयोगी समुह नेपाल ” दमक झापाद्वारा १ सय २२ जना विधार्थी बालबालिकालाई खेलकुद जर्सि वितरण गरेको थियाे ।

दमक -५ घर भएको समाजसेवी तथा साना सहयोगी समुह नेपालका सञ्चालक दुर्गाप्रसाद गड्तौला र उनकी जीवन सँगिनी देवीमाया गड्तौलाले विद्यार्थीहरूलाई खेलकुद पाेसाक, न्यानाेका लागि टोपी, मख्लर, मोजा वितरण गरिएको विधालयका शिक्षक अासिक शेर्माले जानकारी दिए ।

विभिन्न ठाउँका विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरूलाई सहयोग गर्दै आाएका यी समाजसेवी दमपतीले यस सरस्वती आाधारभुत विदयालय संग ३३ वटा ठाउँमा सहयोग गरिसकेको विद्यालयका प्रधानाध्यापक दाताराम खनालले बताए ।

कार्यक्रमकाे समापनमा वडा दशैं शुभ विजाय दशमीकाे शुभकामना आदनप्रदान साथै साना सहयोगी समुह नेपाल दमक झापाका सहयोगी दम्पतीलाई विद्यालयको तर्फबाट प्रसंसा पत्र ज्ञापन गरिएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार