याक्खा छुम्मा कलाकारको शैक्षिक सहयोग बितरण

धरान : किरात याक्खा छुम्मा कलाकार संघले आफ्ना समुदाय भित्र बिपन्न जेहेन्दार विद्यार्थीको लागि भनेर हरेक वर्ष दिइने शैक्षिक सहयोग यस वर्ष धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका चानुवा निवासी पुजा लिंखिम याक्खालाई प्रदान गरिएको छ।

आर्थिक अवस्था कमजोर र आमा बुबा समेत अस्वस्थ भै आफन्त मार्फत हाल ज्ञानोदय उच्च माबिमा अध्ययनरत पुजालाई नगद बीस हजार एकसय रुपैया सम्मान पत्र प्रदान गरिएको छ।उनले यस वर्षको एसईईमा बि प्लस गरि शिक्षा बिषयमा ११ मा अध्ययनरत रहेको आयोजकले जनाएको छ।

शैक्षिक सहयोग बितरण कार्यक्रम किरात याक्खा छुम्मा केन्द्रिय उपाध्यक्ष लहरु जिमिको प्रमुख आतिथ्यमा  याक्खा छुम्मा भवन जोरसखुवा वडा नम्बर १६ मा भएको हो। शैक्षिक सहयोग कार्यक्रम कोषका अध्यक्ष अजय जिमिको अध्यक्षतामा भएको हो। कार्यक्रममा याक्खा समुदायका कलाकारहरु यक्खा समुदायका सल्लाहकार नेत्रबहादुर याक्खा केन्द्रिय सदस्य जनक याक्खा,बिजय याक्खा, प्रमुख अतिथि लहरु जिमिले शैक्षिक सहयोगको कोषको लागि बीस हजार दिने बताए । कलाकार संघले यस्तो काम गर्ने भनिसकेको अवस्थामा छेकबार नगरी काम गर्न दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए।

याक्खा छुम्माका जिल्ला अध्यक्ष तथा शैक्षिक कोषका कोषाध्यक्ष रेवत याक्खाले सबैसामु आयब्यय समेत सुनाएका थिए।

किरात याक्खा छुम्मा धरान नगर समिति अध्यक्ष हेमराज जिमि याक्खाले शैक्षिक सहयोगको लागि थप कोषको लागि पहल गर्नुपर्ने भएको भन्दै संस्थागत रुपमा कसरी दायित्व लगाएर थप कोष बढाउन सकिन्छ त्यस बारे प्रस्ताव राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार