
धरान : नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रीय प्रतिष्ठानमा सूचीकरण नभएका याम्फु आदिवासी धनकुटामा जिल्ला अधिवेशन हालै सम्पन्न भएको छ।
धनकुटामा सम्पन्न जिल्ला अधिवेशनले नरेश याम्फुको अध्यक्षतामा नौ सदस्यीय धनकुटा जिल्ला कार्यसमिति गठन भएको कुरा नरेश याम्फुले जानकारी दिएको छ।त्यसैगरी समितिको उपाध्यक्ष मित्रकुमार याम्फु सचिब पुष्पकला याम्फु,सहसचिव बलबहादुर(मिलन)याम्फु,कोषाध्यक्
हाल धनकुटा जिल्लामा याम्फु समुदायहरु करिब पाँच सय घर रहेको जनाएको छ । अधिबेशनमा याम्फु किरातका केन्द्रिय सचिब सुरेस गेसा याम्फु नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद चौबिसे गाउँपालिकाका अध्यक्ष दिवा चेम्जोङ सहित याम्फु समुदायका अग्रजहरुको उपस्तिथि रहेका थिए।
हाल याम्फु समुदाय सहित अन्य समुदायलाई सूचीकरण नगरिएकोले सूचीकरणको माग गरिएको छ । याम्फु समुदायले आफ्नो लेखोटमा पनि राई लेखाउदै आए पनि पछिल्लो समयमा छुट्टै समुदाय दाबी गर्दै सूचीकरण हुनुपर्ने माग गर्दैआएका छन्।






















































