पर्यटन दिवसमा कन्याम सरसफाई

इलाम : नेपाल युवा परिषद् इलामले ४०औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार इलामको पर्यटकीय स्थल कन्याममा सरसफाई गरेको छ ।

सूर्योदय नगरपालिका ७ मा अवस्थित रमणीय स्थल कन्याममा दिनहुँ आगन्तुक पर्यटकबाट हुने फोहोर सरसफाई गरिएको हो । आयोजक युवा परिषदका अध्यक्ष सुमन दियालीको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा स्थानीय कृष्णाश्रम माविका ४५ जना विद्यार्थीसहित ६० जनाभन्दा बढी युवाहरुको सहभागिता थियो ।

सूर्योदय नगर कार्यपालिकाको सहयोग, जिल्ला युवा समिति, भरोसा नेपाल र क्विन नेपालको सहकार्य तथा नविल बैङ्कको प्रायोजनमा कार्यक्रम सम्पन्न गरिएको समितिका अध्यक्ष दियालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार