‘तेह्रथुमको चिनो’ ल्याउदै समिर सिंगक ।।

तेह्रथुम , असोज
बहु प्रतिभाका धनि गायक समिर सिंगक लिम्बु निकै व्यस्त कलाकारमा पर्दछन् । उनलाई गित रेकर्ड गर्न र म्यूजिक भिडियो तयार गर्न भ्याईनभ्याई छ । गायक समिर आफ्ना प्रस्तुतीहरुमा संख्यात्मक भन्दा पनि गुणात्मकलाई प्राथमिकता दिन्छन् । उनि समयसापेक्ष तथा वस्तुबिषेश अनि ठाँउ बिषेश कला प्रस्तुत गर्न माहिर छन् । यसै सन्दर्भमा समिरले ‘तेह्रथुमको चिनो कुसुमे रुमाल’ बोलको गित दर्शक श्रोतासामु ल्याउने तयारीमा छन् ।

तेह्रथुमको फेदाप सिम्लेमा जन्मिएर पनि होला आफ्नो जन्मजिल्लाको सप्रेम व्याख्या गरेर आफैले लेखेको शब्दलाई गित बनाए रेकर्ड समेत गराएका छन् । संगित समेत आफै भरेका गायक सिंगकले काठमाडौ स्थित अन्नपुर्ण रेकर्डिङ स्टुडियोमा रेकर्ड गराएका छन् । गितको लागी प्रशिद्ध एरेञ्जर चन्दु गोर्खालीले एरेञ्ज गरेका हुन् ।

माया र प्रितीको भावलाई रोमाञ्चक ढंगले व्यक्त गरिएको मोर्डन लोक टाईपको यस गितलाई चाडै बजारमा ल्याउने तयारी रहेको र श्रोताको खास रोजाई बन्ने अपेक्षा लिईएको गायक सिंगकले बताए ।

गायन संगसंगै मोडलिङमा पनि राम्रो अनुभव बटुलेका समिरले दर्जन बढि एल्बमहरु र एक सयको हाराहारीमा गित गाएका छन्। समिरका ‘चौतारे कान्छा,हाम्रो माया जुनिजुनिलाई, माछी है मार्नु,तिम्रै प्रितले,फेवातालैमा,तिमी तर्केर मार्यौ’ लगायत गित दर्शक श्रोताहरुले औधी मन पराएका गित हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार