
इलाम : इलाम नगरपालिका वडा नम्बर ४ को नव निर्मित वडा कार्यालयको भवन विहीबार नगरप्रमुख महेश बस्नेतले उद्घाटन गरेका छन् ।
नागरिकले प्राप्त गर्ने सुबिधामा एकरुपता होस् भनेर प्राथमिकताको आधारमा भवन निर्माण गरिएको उद्घाटन कार्यक्रममा मेयर बस्नेतले बताए । उनले सबैलाई साथमा लिएर समुन्नत नगरपालिका बनाउन लागि परेको धारणा राखे ।
यस्तै इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराइले नयाँ भवनबाट स्थानियले आधारभुत सेवासुबिधा सहज रुपमा प्राप्त गर्ने विश्वास ब्यक्त गरे । वडा अध्यक्ष नुतनदेब दुलालले भवन निर्माण भएता पनि खानेपानी, सभाहल लगायतको आवश्यकता रहेको बताउँदै यस्को लागि नगरपालिकाले आगामी कार्यक्रममा सम्बोधन गर्नुपर्ने बताए ।

कार्यक्रमकै अवसर पारेर भवन निर्माणको लागि निशुल्क जग्गा उपलब्ध गराउने स्थानिय ३ जना जग्गा दातालाई सम्मान समेत गरिएको छ । स्थानिय रन्दना बराल, भुवनेश्वरी अधिकारी र बोधनाथ बराल रहेका छन् । उनीहरुलाई नगरप्रमुख बस्नेतले दोसल्ला ओढाएर सम्मान गरे ।
वडा कार्यालयको लागि उहाँहरुले ३ रोपनी जग्गा उपलब्ध गराएका थिए । नयाँ निर्मित भवन नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत करिब ३६ लाखको लागतमा निर्माण गरिएको हो ।
कार्यक्रममा नगरपालिका उपप्रमुख शुसिला नेम्बाङ,बिभिन्न वडा कार्यालयका वडा अध्यक्षहरु, सदस्यहरु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक, बिभिन्न पार्टी प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

यस्तै इलाम नगरपालिका वडा नम्बर ३ पुवामाझुवाको वडा कार्यालयको पनि विहीकार नै नगरप्रमुख बस्नेतले उदघाटन गरेका छन् । भाडामा रहेको कार्यालय विहीबारबाट आफ्नै नयाँ भवनमा सरेको छ ।






















































