नेकपाको निर्देशन नमान्दा क्याम्पस प्रमुख गुरागाई पार्टीबाट निलम्बित !

रामप्रसाद गुरागाई, क्याम्पस प्रमुख मरव क्यम्पस इलाम

इलाम : इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद गुरागाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निलम्बित भएका छन् ।

विहीबार नेकपा इलामका अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा बसेको जिल्ला कार्यालयको बैठकले गुरागाईलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको जारी प्रेस बक्तव्यम उल्लेख छ ।

कार्यालय सचिव नवराज शंकरद्वारा हस्ताक्षरित वक्तव्यमा पार्टीको अन्तरिम विधान २०७५ को धारा ५६ (क) मा भएको व्यवस्था बमोजिम बुँदा नम्बर १, ३ र ५ मा उल्लेखित कार्य गरेको र त्यसम्बन्धी स्पष्टीकरण माग गरिएकोमा सोको समेत वेवास्ता गरिएको भन्दै गुरागाईलाई पार्टी सदस्यबाट निलम्बन गरेको उल्लेख छ ।

नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ मा अनुशासनको कारवाही सम्बन्धी व्यवस्था छ । धारा ५६ को (क) को १ मा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति, र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको,  ३ मा पार्टी निर्णय उल्लङघन गरेको र ५ मा पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको अवस्था प्रमाणित भएमा कुनै पनि कमिटि वा निकाय र तिनका पदाधिकारी तथा सदस्यहरुमाथि अनुशासनात्मक कारवाही हुने व्यवस्था उल्लेख छ ।

नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ मा अनुशासनको कारवाही सम्बन्धी व्यवस्था छ । धारा ५६ को (क) को १ मा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति, र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको,  ३ मा पार्टी निर्णय उल्लङघन गरेको र ५ मा पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको अवस्था प्रमाणित भएमा कुनै पनि कमिटि वा निकाय र तिनका पदाधिकारी तथा सदस्यहरुमाथि अनुशासनात्मक कारवाही हुने व्यवस्था उल्लेख छ ।

यसअघि बुधबार साँझ क्याम्पस प्रमुख गुरागाईलाई क्याम्पसकै सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुँवरसहितको एक टोलीले अढाई घण्टासम्म कार्यकक्षमा थुनेर धम्क्याएको थियो ।

‘केही गफगाफ गर्नुछ’ भनेर क्याम्पस प्रमुखको कार्यकक्षमा छिरेको उक्त टोलीले आफूहरुले भनेको मान्नु पर्ने दबाबसहित कार्यकक्षमा थुनेर धम्क्याएको थियो ।

कार्यालय समयमा नै क्याम्पस प्रमुख गुरागाईको कार्यकक्षमा प्रवेश गरको सञ्चालक समिति अध्यक्ष कुँवरसहित प्राध्यापकहरु सिताराम घिमिरे, कृष्ण खत्री र पोष्टराज लामिछानेको टोलीले कार्यालय समयभन्दा डेढघण्टा पछि (बेलुका साढे ६ बजे) सम्म प्रमुखलाई बाहिर निस्किन दिएको थिएन ।

अध्यक्ष कुँवरको टोलीले प्रमुख गुरागाईलाई विभिन्न पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा झुटा समाचार छपाएको आरोप लगाउँदै ती समाचारको खण्डन गरेर विज्ञप्ति निकाल्न दबाबसहितको धम्की दिएर कार्यकक्षमा थुनेका थिए ।

यसअघि सञ्चालक समिति अध्यक्ष कुँवरले काठमाडौंमा बसेर क्याम्पसबाट नियमित सुविधा लिइरहेको विषयमा समाचार प्रकाशन प्रशारण भएको थियो । सोही समाचारको खण्डनसहित विज्ञप्ति निकाल्न अध्यक्ष कुँवरको टोलीले प्रमुख गुरागाइँलाई दबाब दिएको थियो ।

क्याम्पस प्रमुख गुरागाईले उक्त टोलीको कुरा नमानेपछि उनीहरु कार्यकक्षबाट निस्किएका थिए । प्रमुखले पत्रकारलाई आफूले समाचार नदिएको र खोज पत्रकारितामा आफ्नो कुनै भूमिका नहुने भनेर उनीहरुको मानेका थिएनन् ।

स्रोतका अनुसार सो क्रममा कुँवरको टोलीले गुरागाईँलाई गाली गलौज पनि गरेका थिए । पाँच बजेपछि प्रमुख गुरागाईँ कार्यकक्षबाट निस्किन खोज्दा उनीहरूले ढोका थुनेका थिए ।  ढोका थुनेपछि बिज्ञप्ति निकालेर हस्ताक्षर नगरेसम्म बाहिर निस्कन नदिने भन्दै धम्क्याएका थिए ।

त्यसैगरि नेपाल कम्यूनिष्ट पार्टीको इलाम जिल्ला कार्यालयले पनि क्याम्पस प्रमुख गुरागाईलाई सञ्चारमाध्यममा आएका समाचारलाई लिएर स्पष्टीकरण मागेको थियो । पार्टीले ‘पार्टीको नेतृत्वलाई नै मुछेर भ्रामक समाचार किन दिएको ?’ भन्ने प्रश्नसहित त्यसबारे पार्टीमा स्पष्टीकरण बुझाउन भनेको थियो ।

यसअघि क्याम्पसको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएका थिए । ती समाचारहरूमा क्याम्पस प्रमुखलाई राजीनामा गर्न पार्टीकै तर्फबाट दबाब आइरहेको, पार्टीमै क्याम्पस प्रमुखलाई बोलाएर क्याम्पसको बारेमा सोधपुछ गरेपछि नेताहरूबाट राजीनामा गर्न दबाबसहित फोन गरिने गरेको जस्ता विषयहरु समेटिएका थिए ।

नेकपाले आफ्नो अनुकुल काम गर्न दिएको निर्देशन क्याम्पस प्रमुख गुरागाईले नमानेपछि राजनिनामा दिन दवाव दिइरहेको थियो ।

क्याम्पस सञ्चालक समितिको सदस्य समेत रहेकी टीकादेवी घिमिरेको छोरा विपिन घिमिरेलाई क्याम्पसमा करार नियुक्ति नगरिएकोले क्याम्पस प्रमुखको राजीनामा माग्नेसम्मको घटना यसअघि नै सार्वजनिक भएको थियो ।

इलाम क्याम्पसमा पढाई भइरहेका विषय नै अध्ययन नगरेका विपिनलाई कसै गर्दा पनि नियुक्ति दिन नसकिने क्याम्पस प्रमुख गुरागाइको अडानपछि उनलाई राजिनाको दवाव थियो । विपिन इकोलोजी एण्ड इन्भारोमेण्टल साइन्समा स्नातकोत्तर हुन् । इलाममा पढाइ भइरहेको बागवानी सङ्कायमा एमएसीएजी कन्जर्भेसन इकोलोजीले मात्र पढाउन मिल्ने थियो ।

तर नेकपा इलामले भने गुरागाईको नेतृत्वमा क्याम्पस चल्न सक्दैन भन्ने पार्टीको निष्कर्ष रहेको तर कुनैपनि काममा दवाव भने नदिएको जनाएको छ । ‘गुरागाईको नेतृत्व सही ढङ्गले अगाडी बढ्न सकेन । क्याम्पसमा प्राध्यापक र विद्यार्थीबीच अन्तरद्वन्द्व बढाउने काम भयो । विद्यार्थी संख्या समेत दिनप्रतिदिन घट्न थाल्यो’ नेकपा इलामका कार्यालय सचिव नवराज शंकरले भने, ‘यसले गुरागाईबाट क्याम्पसको सही नेतृत्व हुन नसक्ने निष्कर्ष सहित उहाँलाई जानकारी दिएको थियो ।’

गुरागाइ नेकपाका सदस्य हुन्  । उनी त्रिभुवन विश्वविद्यालयबाट ज्येष्ठताका आधारमा २०७४ कात्तिकमा महेन्द्र रत्न बुहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार