आदर्श सहकारीबाट साढे ३ लाख चोरी

  नयाँ बुलन्द  878 पटक हेरिएको

इलाम : इलाममा सञ्चालित आदर्श बहुउद्देश्यीय सहकारी संस्थामा गएराती चोरी भएको छ । सहकारीका ब्यवस्थापक याम प्रधानका अनुसार तीन लाख ६६ हजार रुपैयाँ चोरी भएको हो ।

इलाम नगरपालिका ७ मालापथमा रहेको सहकारीको कार्यालयबाट गएराती करिव २ बजे चोरी भएको जनाइएको छ । कार्यालयमा जडान गरिएको सिसि क्यामेराले कैद गरेको दृष्य नियाल्दा अन्दाजी ५ फुट ५ इन्च उचाई रहेको, जिन्स पाइन्ट लगाएको, हातमा पन्जा लगाएको एक जना पुरुष कार्यलयको दक्षिणपट्टिबाट कार्यालय आएको देख्न सकिने ब्यवस्थापक प्रधानले जानकारी दिए ।

कार्यालय बाहिरपट्टि रहेको एक रूखमा चढेर सिसिटीभीको तार काटेर कार्यलयमा प्रवेश गरेको वताइएको छ ।  दुईवटा ढोका फुटाएर दराजमा राखेको पैसा चोरी गरेको उनले बताए । सधैं ३ लाख भन्दा बढी नगद कार्यलयमा नै रहने जानकारी ब्यवस्थापक याम प्रधानले जानकारी दिए ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको प्रधाननले जानकारी दिए । घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्याल इलामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार