शिविरमा १८० को आँखा जाँच

इलाम : इलाममा संचालित एक दिवसीय निशुल्क आँखा शिविरमा १८० जनाले निशुल्क सेवा पाएका छन् ।

मानव अधिकारका लागि महिला मञ्च इलामले आयोजना गरेको शिविरमा डा. सत्यनारायण सिंहसहित ५ जनाको चिकित्सक टोलिले सेवा दिएका थिए ।

कार्यक्रमका लागि बिर्ता आइ केयर प्रालि र इलाम नगरपालिकाले सहयोग गरेको थियो । शिविरमा परिक्षण गराएकामध्ये ७ जनाको मोतिया बिन्दु भएको पत्ता लागेको थियो । उनीहरुको अप्रेसन हातले गर्नुपरेमा पूरै ४ हजार ८ सय रुपैयाँ निशुल्क र कम्प्युटरबाट गर्ने भएमा ४ हजार ८ सय छुट हुने आयोजककी अध्यक्ष शारदा उप्रेतीले जानकारी दिइन् ।

आयोजक मानव अधिकारका लागि महिला मञ्च इलामकी अध्यक्ष उप्रेतीको अध्यक्षता र इलाम नगरप्रमुख महेश बस्नेतको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, प्रहरी उपरिक्षक हीराबहादुर पाण्डेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रमका सहभागीहरुले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रम नारी विकास संघको सभाहलमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार