जमुनामा १ लाख पुरस्कारको कागे गोल्डकप

इलाम : इलामको उत्तरी ग्रामीण क्षेत्रमा सबै भन्दा ठुलो धनराशीको फुटबल खेल सन्दकपुर गाउँपालिको ५ वडाको जमुना कागे गोल्ड कप आगामी कात्तिक २ गते देखि १० गते सम्म सन्चालन हुने भएको छ ।

जमुनाको कागेटार घुम्तिमा बसेको बैठकले आयोजनाको मिति तोकेको खेलकुद समिती जमुनाको अध्यक्ष मिलन गुरुङले बताए  ।

पर्यटनसँगै फुटबल भन्ने मुल उदेस्यले परम्परारुपमा ३४ बर्ष देखि अबिछिन्न रुममा लाग्दै आएको कागे मेला संगै फुटबल खेलको आयोजना हुँदै आइरहेको छ। ग्रामीण भेगमा सबै भन्दा ठूलो धन राशीको पुरस्कार र १० औ हजार दर्शकले हेर्ने भएकोले सबैको ध्यान कागेगोल्कपले तान्ने गरेको छ ।

भारती  सिमा संग जोडिएको कारण भारतिय खेलाडीहरुको पनि सहभागिता हुने भएकोले पनि कागेगोल्डकपको झनै महत्व बडेर गएको छ ।नेपालको ए डिभिजनमा खेल्ने खेलाडी र स्थानिय राम्रो खेलाडीहरुले राम्रो मूल्य पाउने गरेकोले असोज महिना भित्रै गांँउका स्थानीय क्लाबहरुले आफ्नो क्लबको प्रतिस्ठाको लागि भए पनि खेलाडीहरुलाई महङो मुल्यमा किन बेच्को लागि मोल, तोल तोक्ने गरेको छ।

८ दिन सम्म चल्ने कागेगोल्ड कपमा प्रथम पुरस्कार नगत रु १ लाख २ सय २२ सँगै ट्रफि,मेडल र प्रमाणपत्र रहेको छ त्यस्तै दोस्रो पुरस्कार नगत ५० हजार ५ सय २२ टर्फी , मेडल र प्रमाणपत्र रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार