
विर्तामोड : समाजवादी पार्टी नेपालको झापाको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।
मंगलवार विर्तामोडस्थित अतिथि सदनमा भएको समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टीको जिल्ला समायोजन घोषणा भेलाले राईको नेतृत्व ९९ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
यसअघि पनि संघीय समाजवादी पार्टी नेपालको गत वैशाख १० गते दमकमा सम्पन्न पहिलो जिल्ला अधिबेशनबाट राई अध्यक्षमा निर्वाचित भएका थिए ।
पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा भएको जिल्ला समायोजन भेलाले सर्वसम्मत नर्वाचित गरेको हो । सचिवमा पुष्प पौडेल,सहसचिवमा अर्जुन कुमार राई, कोषाध्यक्ष .राजु खड्का चुनिएका छन् ।
यस्तै जीवन चौहान लगायतका रहेका छन् । केन्द्रीय स्तरमा दुवै पार्टी एक भएपनि जिल्ला तहमा भने समायोजन भईसकेको थिएन् । झापामा दुवै पार्टीका जिल्ला नेता,कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियोे ।






















































