श्री कृष्ण प्रणामी युवा परिषद नेपालको २८ औ साधारण सभा सम्पन्न

  सविता पाण्डे
0 Shares


काठमाण्डौ : श्री कृष्ण प्रणामी युवा परिषद नेपालको २८ औ साधारण सभा शनिबार काठमाण्डौमा सम्पन्न भएको छ । गोठाटार स्थित नवतनधाममा सम्पन्न साधारण सभामा विभिन्न जिल्ला र प्रदेशका परिषदका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । यस्तै श्री कृष्ण प्रणामी धर्मका भातृ संगठनहरु सेवा समिति र श्री कृष्ण प्रणामी बाइजुराज महिला समितिका प्रतिनिधी लगायत यस धर्मका गुरुजन र अभियान्ताहरुको उपस्थिति रहेको थियो ।
श्री कृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायमा आबद्ध युुवाको संजाल युवा परिषद ‘दुव्र्यसन त्यागौ , सेवामुखी बनौ ’ भन्ने मुल नारा सहित २०४७ सालमा स्थापना भएको हो । हाल देशभर ४७ वटा जिल्ला समितिहरु सकृय छन । संघीय संरचना अनुसार प्रदेश समितिहरु गठन भइरहेका छन ।

साधारण सभाको उद्घाटन परिषदका अध्यक्ष नमराज ढकालको अध्यक्षता र पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन पछि बोल्दै नेता नेपाले आध्यात्मिक गतिविधीले समाजलाई सतमार्गमा लाग्न पे्ररित गर्ने बताउनु भएको छ । श्री कृष्ण प्रणामी युवा परिषद नेपालको काठमाण्डौ स्थित नवतनधाममा सम्पन्न साधारण सभामा बोल्दै नेता नेपालले आफुले पनि धार्मिक तथा शास्त्रीय अध्यनन गरेको अनुभव सुनाउदै सकारात्मक सोच विकास गर्न सहयोग पुगेको बताउनु भयो । धार्मिक गतिविधीले मानव जीवन सार्थक हुने बताउनु भयो । नवतनधामका गादीपति अमृतराज महाराजले समाजलाई सत्मार्गमा हिडाउन युवाहरुलाई सद्चरित्रवान बनाई अग्रसर गराउन अत्यावश्क भएको बताउनु भएको छ । धर्मको मुल मर्मलाई अंगाल्दै सम्पदायको हीतमा काम गर्न आग्रह गर्नु भयो । कार्यक्रममा युवा जागरण सुरेन्द्र शास्त्री ,बाइजुराज केन्द्रीय अध्यक्ष शारदा शर्मा , पंण्डित कृष्ण प्रसाद सापकोटा श्री कृष्ण प्रणामी सेवा समिति केन्द्रीय अध्यक्ष श्याम केसी , युवा परिषद केन्द्रीय उपाध्यक्ष यज्ञ प्रसाद ढकाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रणामी धर्मको सागर ग्रन्थको अन्तिम प्रकरण मेहेर सागरको नेपाली अनुवादको लोर्कापण गरिएको छ । उक्त ग्रन्थको मुल भाषा गुजराती हो यसअघि हिन्दी , अंग्रेजी भाषामा अनुवाद भइसकेको छ । कार्यक्रमको अवसरमा युवा परिषद ३ नम्बर प्रदेश समन्वय समितिका नव निर्वाचित पदाधिकारीलाई केन्द्रीय अध्यक्ष नमराज ढकालले सपथ ग्रहण गराउनु भएको थियो । युवा परिषदको अक्षयकोषमा सहयोग गर्ने दाताहरुलाई सम्मानपत्र प्रदान गरिएको सचिव टंक ओझाले बताउनु भयो ।
युवा परिषद नेपालले प्रणामी धर्मको मुल भावलाई बोकेर समाजिक ,धार्मिक गतिविधीहरु संचालन गरीरहेको छ । यस धर्मको मुल सन्देशलाई युवा पुस्तामा प्रवाह गरी युवाहरुलाई जिम्वेवार बनाउन र सत्मार्गमा लाग्न प्रेरित गर्दे आइरहेको छ । देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर, दुर्गम स्थानमा स्टेचर वितरण , विपदमा परेकालाई राहात तथा उद्धारमा सहयोग , पशुबलीलाई निरुत्साहित गर्दै साहाकारी अभियान जस्ता गतिविधीहरु गदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार