दाजुलाई घाइते बनाई आत्महत्या

  नयाँ बुलन्द
0 Shares

इलाम : सन्दकपुर गाउँपालिका १ माइपोखरीमा एक व्यक्तिले दाजुलाई घाइते बनाई आत्महत्या गरेका छन् । ६४ बर्षका विष्णु राईलाई खुकुरी प्रहार गरेर भाइ ४२ वर्षका बुद्ध राईले झुण्डिएर आत्महत्या गरेका हुन ।

बारीमा घाँस काटिरहेको अवस्थामा एक्कासि खुकुरीले प्रहार गरी गम्भीर घाइते बनाई आफू पनि घटना स्थलबाट करिब ३०० मिटर पर गएर गोगनको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

गम्भीर घाइते बिष्णुलाई इलाम अस्पतालमा सामान्य उपचार पछि थप उपचार गर्न झापाको बिर्तासिटी अस्पताल लगिएको छ । मृतक बुद्ध राईको शव कानूनी प्रकृया पुरा गरी पोसमार्टमको लागि इलाम अस्पताल ल्याएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार