इलाम साहित्य महोत्सवको दोस्रो दिन ८ विषयमा बहस (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम  : साहित्यका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले इलाममा दुई दिने इलाम साहित्य महोत्सवको दोस्रो दिन विभिन्न ८ वटा विषयमा विमर्श हुँदैछ ।

पहिलो सेसनमा पर्यटनका आयामहरु विषयको विमर्श सुरु भएको छ । मुख्य वक्ता हरिसचन्द्र राई, केशव धौराली, डा. देवी क्षेत्री दुलाल र सहजकर्तामा धर्म गौतम रहेका छन् ।

दोस्रो सेसनमा निर्माणको जिम्मा विषयमा सुरेश नेम्बाङ, रवि सिंह, दीपक गौतमसँग सन्तोष नेम्बाङ सहजकर्ताका रुपमा रहनेछन् । सिनेमाको सन्देश विषयमा प्रकाश आङदेम्बे, स्वस्तीमा खड्का र सहजकर्तामा सुरेन्द्र राई रहनेछन् ।

त्यस्तै साहित्यको पछिल्ला आन्दोलनहरुको सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता र सहजकर्तामा मुनाराज शेर्मा रहनेछन् ।

नेपाली साहित्यमा मन्धुुम÷मुन्दुम विधामा मुख्य वक्ता भूपाल राई र धर्मेन्द्रविक्रम नेम्वाङ, सहजकर्ता गणेशकुमार राई रहनेछन् भने गीतको दुःख विधामा मुख्य वक्तामा कोमल निरौला, गुरुङ सुसान्त, चन्द्र आङदेम्बे र सहजकर्तामा युविर चेम्जोङ रहनेछन् ।

यस्तै अधिकारको पेवा सन्दर्भ विचारमा मुख्य वक्तामा जेवी विश्वकर्मा, सीमा आभास, कृष्ण धराबासी र सहजकर्तामा समीरबाबु कट्टेलले प्रस्तुती दिनेछन् । के गणतन्त्र खतरामा ? राजनीति विधामा मुख्यवक्ता विश्वप्रकाश शर्मा, योगेश भट्टराई र खगेन्द्र सङग्रौला तथा सहजकर्तामा बसन्त बस्नेत रहनेछन् ।

पहिलो दिन शुक्रबार विभिन्न ६ वटा विषयमा विमर्श तथा बहस भएका थिए । पहिलो सेसनमा प्रा. डा. सन्जीव उप्रेतीले आलोचनात्मक चेत र लोकतन्त्र विषयमा सम्भाषण प्रस्तुत गरे । त्यस्तै सत्ता कि प्रतिपक्ष ? शीर्षकमा श्रवण मुकारुङ, मोमिला जोशी र मनु मञ्जीलको विमर्शमा विमल वैद्यले सहजीकरण गरे ।

‘अ’ मा अल्झेको इलाम विषयमा इलाम नगरप्रमुख महेश बस्नेत, युद्यप्रसाद वैद्य र राजेन्द्र बरालबीच केदार शर्माले सहजीकरण गरे । मानकमाथि प्रश्न विषयमा राजन मुकारुङ, मिश्र वैजयन्ती र उज्वल प्रसाईको बहसमा महेश पौडेलले सहजीकरण गरे ।

त्यस्तै, किन बिक्न छोड्यो आख्यान ? विषयमा प्रेम ओझा, प्रकाश बुढाथोकी र बिना थिङसँग बालिका थपलियाले सहजीकरण गरिन् । करोड क्लब र अफवाह शीर्षकमा सिनेमा विधामा अभिनेता दयाहाङ राई, अनुप सुवेदी, ब्रजेशसँग अन्वेश थुलुङले सहजीकरण प्रस्तुत गरे । त्यस्तै दुई दर्जन बढी कविले कविताहरु बाचन गरे ।

स्थानीय प्रतिभालाई विशेष महत्व दिएर महोत्सव सञ्चालन गरिएको इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । कार्यक्रमको समापन पूर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङले गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार