
सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाले विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाएको छ ।
विहिबारदेखि मनाइएको कार्यक्रममा अन्तर माबि स्तरीय हाजिरिजवाफ कार्यक्रम गरेको छ ।
६ वटा विद्यालयले सहभागिता जनाएकोमा सरस्वती मावि ३० अङ्क ल्याउदै प्रथम, भगवती मावो जमुना २५ अङ्कले द्वितीय, प्रबोध माबी माबु २२ अङ्क प्राप्त गर्दै तृतीय, संस्कृत माबि १९ अङ्कले चौथो, श्याम्बल माबि १८ अङकले पाचौ र आदरणीय आवि १२ अङ्क प्राप्त गर्दै छैटौं स्थान हासिल गरे ।
उनीहरूलाई क्रमश: नगद रु १० हजार, ८ हजार ५ हजार ,१५ सय, १५ सय, १५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।
गाउँपालिकाका अध्यक्ष उदयबहादुर, राइको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रममा ९० वर्ष माथिका गाउँपालिका भरिका ४५ जना जेष्ठ नागरिकलाइ सम्मानपत्र, १ फलफूलको जुस र १ हर्लिक्स प्रदान गरियो ।
उनीहरुलाई दोसल्ला ओढाइ गाउँपालिका अध्यक्ष उदयबहादुर राईले दोसल्ला ओढाएर सम्मान गरिएनो थियो ।
गतवर्षको एसईईमा सर्बोत्कृष्ट अङ्क ल्याउने सरस्वती माबिका छात्रा लक्ष्मी ढकाल र छात्र यादव खनाल, गाउपालिकाद्वारा संचालित २०७५ सालको आधारभूत परिक्षामा उत्कृष्ट प्रबोध माबी माबु, उत्कृष्ट छात्रा दिब्य गुरुङ र छात्र सरस्वती माविका प्रतीक खतिवडा, गाउँपालिकाका जग्गादातालाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा ९० वर्षीय सन्दकपुर ४ का घनश्याम खनालले उद्घाटन गरेका थिए । कार्यक्रमको सन्चालन गाउँपालिकाका लेखापाल एलबि लामिछानेले सन्चालन गरेका थिए ।






















































