चित्रकला कार्यशाला शुरु

धरान : भाषा,कला,साहित्य र संस्कृति राष्ट्रको परिचायक हुन भन्ने मुल नाराका साथ धरान ८ स्थित सभागृहमा आजदेखी शुरु भएको छ।

तिन दिनसम्म चल्ने उक्त कार्यशालाको आज कार्यवाहक मेयर मन्जु भण्डारिले उद्घाटन गरेको हो। तिन्दिने कार्यशालाको पहिलो दिन धरान बाहिरबाट आएका अग्रज चित्रकारहरुले चित्र बनाइदैछ।

चित्रकारहरुले बनाउने चित्र बारे धरानका विभिन्न बिद्यालयबाट सहभागी भएका चित्रकला सम्बन्धि रुचि राख्ने विद्यार्थीहरुले जानकारी सहितको ज्ञान लिने जनाएको छ। चित्र कोर्दै त्यस सम्बन्धी जानकारी चित्रकारहरुले दिइरहेका छ्न। विभिन्न बिद्यालयबाट करिब ८० जना विद्यार्थीहरु सहभागी रहेका छ्न् ।

आजदेखी भएको चित्रकलामा पानी रङ (वाटर कलर) बाट कसरी चित्र बनाउन सकिन्छ भन्ने बारे विद्यार्थीहरुलाई जानकारी सहित चित्र बनाईदैछ।आज सिकेका बुझेका कुरालाई पानी रङबाट भोलि सहभागी विद्यार्थीले चित्र कोरिने छ ।

पानी रङ तथा रङबाट बनाइने चित्र बारे चित्रकार प्रनोद दत्तले सहभागी विद्यार्थीहरुलाई जानकारी गराएका थिए। उनले चित्र्कलाको लागि वाटर कलर,पोस्टर कलर,एक्कालिक कलर र ओइल कलरबाट चित्र बनाउन सकिने विद्यार्थीहरुलाई जानकारी दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार