पानमारामा तीन घर भत्काए, पीडित बिचल्लीमा


धरान : धरान उपमहानगरपालिका वडा नम्बर ६ पानमारा सेराखोला छेउमा बस्दै आएका धनबहादुर मगर,हस्तबहादुर लिम्बू र मन्जु परियार को घर हिजो भत्काएको छ।

तिनै जनाको घर भत्काएर बिचल्ली पारेको गुनासो तिनै जनाले गरेको छ। आफ्नो जन्म धनकुटा जिल्ला भए पनि घर नभएर लेबर गर्दै आएकोले त्यहाँ बस्न थालेको हस्तबहादुरले जानकारी दिए।आफू त्यहाँ बस्न थाल्दा यस बिषयमा धरान उपमहानगरमा पनि जानकारी दिएको उनले बताए।उपमहानगरले त्यहाँ बसे पनि पानी र बिजुली दिन नसक्ने बस्नलाई मात्र भने बस्नु भनेपछि नै पचास हजार बराबरको लागानी गरेर भुई ढलान गरेको बताए।तर बिहीवार बेलुका कामबाट फर्केर आउदा घर नदेख्दा अचम्ममा परेको भन्दै अचानक आएर घर भत्काएको गुनासो गरे। इलाका प्रहरी कार्यालय,नगर प्रहरी र वडा समितिका वडा सदस्य स्थानीय आएर हम्मरले घरको ढलान भत्काएको र बाँसहरु धारिलो खुकुरीले काटेको बताए।

बिगत दुई वर्षदेखी त्यहाँ बस्दै आएका मन्जु परियारले त्यहीँ आफुले सात धुर नम्बरी जग्गा खड्गबहादुर भुजेलकोबाट किनेको तर दुई लाख बुझाउन नसक्दा अर्कैलाई धितोपासमा राखेको जानकारी दिए। जग्गाधनिले उसैको नम्बरी जग्गको ऐलानीमा घर बनाएर बस्न दिएको जानकारी दिए।बिगत वर्षदेखी नै कमाई खादै आएको खडगबहादुर भुजेलको जग्गामा नै धनबहादुर मगर र हस्त लिम्बुले घर बनाएर बसेको बताए ।

तिनै जनाले लिखित रुपमा घर हटाउन कुनै जानकारी नदिएको बताए। केही महिना अघि धनबहादुरको घर बनाउदा वडा अध्यक्षले त्यस क्षेत्रमा घर नबाउनु बरु प्रती महिना हजार रुपैया भाडा दिने भनेपछि स्थगित गरेको बताए। तर हस्त लिम्बू र मन्जु परियारलाई भने कुनै लिखित जानकारी नआई घर भताएर बिचल्ली बनाएको बताए।

मन्जु परियारले सो क्षेत्रमा ब्राह्मण क्षेत्र बनाउने भएकोले आफुहरुको घर भताएको आरोप लगाए। उनलाई यसअघि नै त्यस क्षेत्रमा ब्राह्मण क्षेत्र बनाउने भनेकोले हामिलाई हटाउन खोजेको आरोप लगाए।उनले आफुहरु मानव अधिकारबादिकोमा जाने बताए।वडा अध्यक्षको यी कुरा लगेर जाँदा सुनुवाइ नभएको बताए।यस बिषयमा वडा अध्यक्ष भिवन खड्कासंग बुझ्दा आफुहरुले नहाटाई उपमहानगरले हटाएको बताए।उनीहरु खोला नजिक बसेकोले धनजनको क्षति हुने भएकोले त्यस क्षेत्रबाट हटाएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार