संविधानको विरोधमा आदिवासी जनजातिको प्रदर्शन, तीनजना पक्राउ

काठमाडौं : आदिवासी जनजातिले राजधानीमा संविधानको विरोध गरेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जनजाति नेतृत्वले संविधान दिवसलाई कालो दिन भन्दै विरोध सहित संविधान जलाउन खोजेपछि प्रहरीले एलम्बु खम्बु, सिताराम थारु र कुल्दीप मगरलाई पक्राउ गरेको हो ।

वसन्तुपरमा आदिवासी जनजातिले संविधानको विरुद्धमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप सहित तीन जनालाई पक्राउ गरेको आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले जानकारी दिए ।

विरोधका कार्यक्रमहरु काठमाडौं बाहेकका अन्य जिल्लाहरुमा पनि भएका छन् । इटहरीमा विरोध प्रदर्शन भव्य रुपमा सम्पन्न भएको अध्यक्ष बरामले जानकारी दिए ।

त्यस्तैगरी, संविधानको विरोधमा भएको प्रदर्शनमा दाङ र नवलपुरमा प्रहरीले हस्तक्षेप गरेको छ । आदिवासी जनजाति लगायत उत्पीडित समुदायको अधिकारलाई संविधानमा सुनिश्चित नगरेको भन्दै आदिवासी जनजाति, मधेसी लगायतले संविधानको विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार