‘झापा स्पोर्टस् अवार्ड २०७५’ : नवयुग र एन्जिलासँगै इलामका ५ जना मनोनयन

इलाम : साविकको मेची अञ्चलका खेलाडी र खेलकर्मीहरुलाई प्रोत्साह गर्ने उद्धेश्यका साथ आयोजना गरिँदै आएको झापा स्र्पोटर्स अवार्ड २०७५ को मनोनयनमा इलामका पाँच जना परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्ञ (एनएसजेएफ) झापा समन्वय शाखाको आयोजना हुँदै आएको अवार्डको तेश्रो संस्करणमा इलामका चार जना खेलाडी र एक जना प्रशिक्षक परेका छन् ।

मनोनयनमा इलामबाट पुरुष बर्ष खेलाडी तर्फ फुटबलका नवयुग, महिला बर्ष खेलाडी तर्फ फुटबलकी एन्जिला तुम्वापो सुव्वा, भलिबलकी विनिता बुढाथोकी र युवा बर्ष खेलाडीमा फुटबलमा छिरिङ गुरुङ परेका हुन । प्रशिक्षक तर्फ कराते विधामा योगेश चाम्लिङ राई परेका छन् । नवयुग गत संस्करणको पुरुष बर्ष खेलाडी समेत हुन ।

यता एन्जिला गत संस्करणमा महिला बर्ष खेलाडीको रुपमा मनोनयमा परेकी थिइन् । विनिता, छिरिङ र योगेश पहिलो पटक अवार्डको मनोयनमा परेका हुन् । नवयुगले अवार्डको लागी झापाका उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन) संग प्रतिस्पर्धा गर्नेछन् । एन्जिलाले इलामै भलिबल खेलाडी विनिता र झापाकी कराते खेलाडी एस्तर राईसंग प्रतिस्पर्धा गर्नेछिन । एस्तर तीन वटै संस्करणमा मनोयनमा पर्ने एक मात्र खेलाडी हुन ।

युवा बर्ष खेलाडी तर्फ छिरिङले झापाकी क्रिकेटर अप्सरी बेगम र ब्याडमिन्टन की अमिता गिरीसंग अवार्डको लागी प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक विधामा योगेशले महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का र बक्सिङका डम्बर लिम्बुसंग प्रतिस्पर्धा गर्नेछन् ।

वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार र वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अध्यक्ष खरेलका अनुसार पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन सिधै घोषणा गरिनेछ । उनीहरुले क्रमशः नगद २५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन् ।

‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते सोमबारका दिन बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुनेछ । अवार्डलाई स्थापनाकालदेखि नै एन्फका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन् । त्यस्तै, सहारा नेपाल साकोसले नगद दुई लाख रुपैयाँ प्रदान गर्छ भने अग्रज समाजसेवी तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले दोस्रो स्पोर्टस् अवार्डमा आमा स्वर्गीय राजकुमारी गुरुङ, बुवा स्वर्गीय बलबहादुर गुरुङ र भाउजू स्वार्गीय तितामाया गुरुङको स्मृतिमा एक थान मोटरसाइकल र एक थान स्कुटर प्रदान गरेका थिए ।

त्यस्तै, अन्य सामाजिक संघसस्था र व्यापारिक प्रतिष्ठानबाट समेत अमूल्य सहयोग भएको थियो । अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार