चुलाचुलीमा एक दिने प्राङगारिक खेती सम्बन्धी अन्तरक्रिया

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले पहिलाे पटक प्राङगारीक खेती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा “उचित जैबिक उधाेग प्रा.लि.” पथरीशनिश्चरे, माेरङले प्राविधिक सहयोग रहेको थियाे ।

उचित जैबिक उधाेगका प्राेपाइटर कृष्ण महर्जनले उचित जैबिक उधाेेगका उत्पादन, प्रयोग बिधि र मात्राहरूबारे प्रष्ट पारेका थिए भने, उद्योग व्यावस्थापक असाेक राईले आफ्नै उधाेगबाट उत्पादन गरेको चार वटा जैबिक उत्पादन मध्ये उचित पाैष्टिक आहार, उचित जैबिक मल, उचित ग्रीन पावर, उचित प्लान्ट गार्ड बारे कार्यक्रममा उपस्थिति भएको चुलाचुली कृषक तथा उधमीहरूलाई जानकारी गराएको थियाे ।

कार्यक्रममा समाजसेवी ओनारायण खनाल, राजेन्द्र केरूङ, सुकबहादुर लावती, सन्ताेस तुम्बापाे, वडा नं. १ वडा अध्यक्ष पुर्ण लावती, वडा नं.२ का रण बहादुर लिम्बु, वडा नं.३ का नर बहादुर लावती, गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, केसाङ जैबि अार्गानिक फर्मका उधमी गाैरि फागाे लगायतले शुभकामना मन्तव्य बाेलेका थिए ।

एक सय जना कृषकहरूकाे उपस्थिति रहेको कार्यक्रम चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईकाे अध्यक्षत्वमा सम्पन कार्यक्रम चुलाचुली कृषि शाखा प्रमुख अनिल तिम्लसिनाले संचालन गरेकाे थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार