राहदानी (कविता)

  सीता पौड्‌याल
0 Shares

सीता पौड्‌याल

बोकेर हजार सपना

ठूलाठूला घर शहरको

समय मेरो रहरको

हातमा राहदानी

मनभरि पीडा

बूढा भएका बाआमा

छोराछोरी र श्रीमतीको

बोकेर माया गहभरि आँसु

जब

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

भएका थियौ बिदा

तब,हुन्छन् सुरु

तिम्रा सघर्षका दिनहरु

घरमा

अस्ताउनै लागेको घाम जस्ता बाआमा

अनि

भर्खरै बोकेर उषाका किरण

झुल्कदै गरेको बिहानीको

झूल्के घाम जस्ता

छोराछोरी आफन्त ईष्टमित्र

सबै जिम्मा लगाएथ्यौ

तिमी जानुभन्दा एकदिन अघि

आफ्नी प्राण प्यारीलाई

भनेथ्यौ होला सम्झाउँदै

माथिल्लो घरकी माइली भाउजूले

जस्तो नगरेस्

टोल

समाजमा हिड्नै भएथ्यो गाह्रो

शिर उठाएर

माइला दाइ गएको दुई महिनाबाटै

सुरु गरेकी थिइन

नयाँ रुप देखाउन

मलाई तिमीमाथि भरोसा छ

तर पनि

अरुलाई भन्ने बाटो नदिएस्

आमाबाको राम्रोसँग ख्याल राख्नु

छोराछीरीलाई राम्ररी‌ हुर्काउनु

भन्दै खुब सम्झाएका थियौ होला

तिमी

खाडीको चर्को घाममा

आफ्नो रगतलाई बनाएर पसिना

बगाइ रहेका छौ

बूढा‌ भएका बाआमालाई

मर्ने बेलामा भएपनि

थोरै सुख,

छोराछोरीलाई राम्रो शिक्षा

अनि

श्रीमतीलाई केही थान गहना र

खाडी जाँदा लागेको

साहूको त्यो ऋणको

चर्को ब्याजदर सम्झदै

भोको पेट, थकान कामको भार

सबै सबै भुलेर

सहजताका साथ

तर

तिमी कति अनभिज्ञ छौ विचरा

हुन त गल्ती तिम्रो पनि त छ

कहिल्यै सोध्न आवश्यक सम्झेनौ

बुहारी के गर्दै छे ?

अनि घरको हाल खबर कस्तो छ भनेर

जति पनि घर व्यवहारका कुराकानी भए

श्रीमतीसँग मात्र भए

आफूलाई जन्मदिने बाआमालाई

मात्र एकपटक सोधेको भए

यति त भन्ने थिइन होला आमाले

बाबु बुहारी हिजोआज

गलत बाटो हिड्न सुरु गरी भनेर

जब तिमीले

आफूलाई कति पनि पैसा नराखेर

सबै पैसा नेपाल

श्रीमतीका नाममा थाल्यौ पठाउन

पहिलो महिना आएको पैसाले

ऋण तिरेकी पनि हुन

दोस्रो महिनाको पैसा आयो

अलिअलि थाल्यो आउन परिवर्तन

तिम्री‌ प्राण प्यारीमा पनि

यो पैसा भन्ने चीज पनि कस्तो बेइमानी

नहुँदा पनि नहुने र

धेरै हुँदा त झनै नहुने रहेछ

आजभोलि मलाई यस्तै लाग्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार