युवा समाजसेवी शेर्पाले गरे राहसललाई सहयोग

इलाम : इलामका युवा व्यवसायी तथा समाजसेवी लाप्साङ शेर्पाले सिसि क्यामेरा अनाथ बालबालिकाका लागि प्रदान गरेका छन् ।

इलाम नगरपालिका ९ को राहसल बाल अनाथालयको नयाँ भवनमा जडान गर्नका लागि उनले क्यामेरा सहयोग गरेका हुन  ।

समाजसेबी शेर्पाले बिहिबार आफ्नै पसलमा राहसल बाल अनार्थलय श्रोत ब्यबस्थापन समिती संयोजक चन्द्र हाम्खिमलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

एक दसक अघिदेखि सञ्चालित अनाथालयमा १० बडि बालबालिका बस्दै आएका छन् ।

सामग्री हस्तान्तरण गर्दै शेर्पाले आफू गरिब दुखीलाई सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

धनभन्दा मन ठूलो भन्ने उक्ति साँच्चै सार्थक छ । किन कि शेर्पा शारिरिक रुपमा अशक्तता भएर पनि सक्षम ब्यवसायीको रुपमा परिचित छ्न । उनले नयाँ बुलन्द सगको कुराकानीमा भने  आफुले कमाएको रकमको केही अंस गरिब दुखिलाई सहयोग गर्न पाउँदा आफुलाई खुशीलाग्ने बताए । अफुपनी गरिब परिवारमा जन्म लिएर धरै दु:ख भोगेको बताउदै अरुले अफुले जस्तो दु:ख भोग्नु नपरोस भन्दै सहयोग गर्दै आएको बताएका छन ।

शेर्पाले यस अघि पनि  विभिन्न कार्यक्रम तथा गरिब दुखी , बालबालिकालाई  सहयोग गर्दै आएका छन ।

शेर्पा जिल्लाको युवा समाजसेवीका रुपमा मात्र परिचित  छैनन् उनि शेर्पाज साइबर एण्ड लामा पसलका प्रोपाइटर समेत हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार