बर्दियामा समाजवादी पार्टी जिल्ला समायोजन

  नयाँ बुलन्द
0 Shares

बर्दिया : मोहनलाल चौधरीको अध्यक्षतामा ५१ जनाको समाजवादी पार्टी बर्दिया जिल्ला समिती गठन भएको छ ।

पुर्व नयाँ शक्ति बर्दिया र संघीय समाजवादी फोरम बर्दियाबीच वलिराम चाैधरिकाे अध्यक्षतामा एकता गठन प्रकिया सम्पन्न भएको छ । मोहनलाल चौधरीलाई अध्यक्षमा नियुक्ति गर्दै ५१ जनाको जिल्ला समिती गठन भएको छ ।

दान वहादुर प्रदेश इन्चार्ज , कमल खनाल सह इन्चार्ज , अशाेक यादव प्रदेश अध्यक्ष, यज्ञ मुख्य सचिव, केन्द्रीय सदस्यहरू मा : केशवराज पाैडेल, हरि रिजाल, हिक्मत वि क, कृण्ण यादव, चिरञ्जीवी थारू, कासिम अलि सिद्विकि, देवेन्द पाण्डे जिल्ला ईन्चाज केशव पौडेलको उपस्थितीमा समाजवादी पार्टी बर्दिया गठन गरिएको छ। काग्रेस र कमनिष्ट जस्ता पुराना विचारका पार्टीहरुबाट नेपाली जनतामा निराश भएको र त्यही निराशालाई आशामा बदल्दै बैकल्पिक शक्तिको अझ महत्व बढ्दै गएको छ ।

अग्रगामी परिवर्तन सघियता धर्मनिरपेक्षता समावेशी लोकतन्त्र जस्ता अग्रगामी विचारहरुमा काग्रेस र कमनिष्टहरु सोचे जस्तो परिणाम नेपाली जनतालाई दिन नसकेको उल्लेख गर्दा समाजवादी पार्टीले यि अग्रगामी परिवर्तनलाई अझ बलियो बनाउदै हाम्रै एक पुस्ताले नै देश बनाउने अठोटका साथ समाजवादी पार्टी गठन भएको नवनियुक्त अध्यक्ष मोहनलाल चौधरीले जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार