इलाम नगरपालिकाले बालिकालाई नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने

बियर र रक्सीका बोतलमा प्रतिवोतल १ रुपैयाँ कर !

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका बालिकाहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयहरुमा बालिकाहरुको स्वास्थ्यलाई मध्यनजर रजस्वलाबाट हुने संभावित सङक्रमणलाई रोक्न र विद्यालययमा उपस्थितिलाई नियमित गर्न निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने निर्णय गरेको हो ।

यसैगरी इलाम नगर क्षेत्रका नामाङ्करण गर्न बाँकी रहेका सडक÷चोकहरुको नामाकरण गर्ने निर्णय गरेको छ ।

इलाम नगरपालिका, आर्थिक ऐन, २०७४ को अनुसूची १२ को दफा ६ फोहोरमैल ाव्यवस्थापन शुल्क तथा अन्य सेवा शुल्क अन्तर्गत बियर र रक्सीका बोतलमा फोहरमैला व्यवस्था शुल्कवापत प्रतिबोतल १ रुपैयाँ असूल गरी सो बोतलहरु संकलन गरी व्यवस्थापन गर्ने र निर्णय भएको छ ।

सुरक्षित आप्रवासन सम्बन्धी परियोजना कार्यान्वयनका लागि इलाम नगरपालिकामा परियोजना कार्यान्वयनका लागि सुरक्षित आप्रवासन परियोजना कार्यान्वयन निर्देशिका, २०७६ बमोजिम परियोजनालाई अगाडि बढाउने भएको छ ।

हाल नेपालका विभिन्न ठाउँमा डेंगु ज्वरोको प्रकोप पैmलिएको हुनाले सो रोग नियन्त्रणका लागि इलाम नगरपालिका क्षेत्रका स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन गरी चेतना मूलक कार्यक्रम सञ्चालन गर्ने र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई तैनाथका साथ तयारी हालतमा र लामो बिदा नछोड्ने निर्णय भएको छ ।

इलाम नगरपालिका वडा नं. ७ स्थित नयाँबजार क्षेत्रमा जिल्ला हुलाकदेखि पूर्व र सिटीमार्ट अगाडि रहेका नगरपालिकाबाट साविकमा निर्मित पसलटहराहरु २०७६ फागुन मसान्तभित्रमा भत्काउने र सम्बन्धित भाडामा बस्ने व्यक्तिहरुलाई सूचना गर्ने निर्णय भएको छ ।

यस्तै चालु आर्थिक वर्ष २०७६।०७७ मा स्वीस सरकार र नेपाल सरकारको सहकार्यमा इलाम नगरपालिका क्षेत्रमा साना सिंचाई कार्यक्रम अन्तर्गत संचालन हुने योजनाहरु संघीय सरकार, प्रदेश सरकार र यस नगरपालिका साथै अन्य कुनै पनि निकायहरुबाट योजना निर्माण तथा मर्मत सम्भारका लागि रकम विनियोजन भएको नपाइएकोले झुुत्रेखोला साना सिंचाइ योजना इलाम नगरपालिका वार्ड नम्बर १, तितुङ्गबेसी साना सिंचाइ योजना वडा नम्बर २, रातेखोलाशिकारी डाँडा साना सिंचाइ योजना नम्बर १२, तीनतले ठूलो कुवा साना सिंचाइ योजना नम्बर ३, नरुङ्गखोला (माथिल्लो) साना सिंचाइ योजना नम्बर ४, आरुबोटे साना सिंचाइ योजना नम्बर ५, लामीदुवाली साना सिंचाइ योजना नम्बर ९, माइखोला काइलाटार राजदुवाली साना सिंचाइ योजना नम्बर १०, निर्फोक सेङमेनखोला साना सिंचाइ योजना नम्बर ११ गरी जम्मा ९ वटा साना सिंचाइ योजनाहरुको उल्लिखित प्राथमिकताक्रम अनुसार विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि अनुरोध गर्र्नेे निर्णय गरेको छ ।

यसैगरी इलाम नगर क्षेत्रमा साविकदेखि रहेका सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र भेटेरेनरी अस्पताल लगायतअन्य केही कार्यालयहरु इलामबाट हटाई अन्यत्र लगिएको र लैजाने कार्य भइरहेको हुनाले संघीय सरकार तथा प्रदेश सरकारलाई उल्लिखित कार्यालयहरु यथावत रुपमा इलाममा राख्नका लागि अनुरोध गर्ने र सो कार्यमा पहलका लागि इलाम जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरुलाई समेत अनुरोध गर्ने निर्णय गरेको छ । नेपालटार मंगलबारे सडक मर्मत सुधार नभएको हुँदा सो सडक दूरावस्थामा पुगेको हुनाले सडक मर्मत सुधारको कार्य यथाशीघ्र गर्ने गराउने व्यवस्थामिलाई सहयोग गर्न सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गर्ने भएको छ ।

धरान उपमहानगरपालिका र इलाम नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भई विभिन्न क्रियाकलापहरु कार्यान्वयन भइरहेको हुँदा तत्सम्बन्धी क्रियाकलापहरुलाई शसक्त ढङ्गले कार्यान्वय नगर्ने निर्णय गरिको छ ।

बैठक इलाम नगरप्रमुख महेस बस्नेतको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार