पाँच वर्ष टिक्ने सरकारले थप नयाँ गति लिएर जानेछ : प्रचण्ड

  नयाँ बुलन्द  198 पटक हेरिएको

 

इलाम : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकार स्थिर रुपमा पाँच वर्ष टिक्ने बताएका छन् । उनले अब सरकारले देखिने गरी विकास गर्ने र पाँचवर्षभित्र विकास लहर देखिने बताए ।

शनिबार विहान नेकपा प्रचा तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकारलाई कमजोर बनाउन कुनै पनि हालतमा नदिने उद्घोष समेत गरे । ‘सरकारको कुरा गर्दा पार्टी र नेतृत्वबीचको सहमति हुने कुरा हो । पार्टी एकताको सन्दर्भमा केही सहमति भएका हुन तर आजको अवस्था हेर्दा सरकारलाई कहिं कतै कमजोर बनाउन दिन खोजेका छैनौं’, उनले अगाडी भने, ‘पार्टी एकता राम्रोसँग हुनुपर्यो र सरकार प्रभाकारी भयो भने पाँच वर्ष नै यो सरकार जाँदा समस्या हुन्न भनेर मैले धेरैपटक भनेको छु ।’

अध्यक्ष प्रचण्डले चुनाव लगत्तै ५ वर्षे कार्यकालका लागि आफुलाई अफर आएको जानकारी दिदै कम्युनिष्ट एकताका लागि आफूले त्यो त्याग गरेको पनि बताए । ‘पूर्वाधार विकासमा गाउँदेखि संघीय सरकारले योजना बनाएर जाने प्रक्रिया शुरु भएको छ । सरकारको अवधिभित्र धेरै राम्रो परिणाम आउँछ भन्ने विश्वास छ’, उनले भने, ‘जनताको अपेक्षा अनुरुप हुन नसकेको सत्य हो । पार्टीले जसरी जनताले स्पष्ट पार्न अभियानको रुपमा जानुपर्ने, पार्टीले सरकारलाई निर्देशित गर्ने अवस्था नभएको, आन्तरिक कुरामा धेरै जेलिएकोले जे कमी भएको छ, त्यसमा सुधार गर्ने र जनतामा जाने साथै विकासलाई गति दिने दिशामा हामी केन्द्रीत छौं । अब यो सरकारले नयाँ गति लिएर जान्छ ।’

उनले असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित नभएको दावी गरे । ‘हामी कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । हामी असंलग्न रहन्छौं । पहिलो बुझ्नु जरुरी छ । चाहे त्यो विमस्ष्टेक सन्दर्भको हो, चाहे त्यो इण्डो प्यासिफिकको सैन्य अभ्यासमा किन नहोस हाम्रो राष्ट्रपतिलाई असर गर्ने कुनै पनि गठबन्धनमा हामी सहभागी हुँदैनौं’ उनले भने, ‘मैले, प्रधानमन्त्रीजी र परराष्ट्र मन्त्रीले भनेको त्यही हो ।’

चीनका बारेमा पनि एक चीन नीति भएको स्पष्ट पारे । ‘हामी चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिन्नौं र दिँदैनौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो’ उनले भने ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार