चुलाचुलीका अधिकृत राई देशभरीकै उत्कृष्ट पाँच कर्मचारीमा !

इलाम : इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत काजिमान राई देश भरीकै उत्कृष्ट पाँच कर्मचारीमा पर्न सफल भएका छन् ।

नेपाल सरकारका मातहतमा कार्यरत देश भरीका राष्ट्र सेवकहरु कर्मचारीहरुको बिगत देखिको कार्य सम्पादनको आधारमा प्रदान गरिने आवार्ड “इन्टेरगे्रटी आइकन नेपाल २०१९” को उत्कृष्टमा पाँचमा छनौट हुँदै उनी देश भरीकै उत्कृष्ट पाँच कर्मचारी भित्र पर्न सफल भएका हुन्हु ।

“इन्टेरगे्रटी आइकन २०१९” आवार्डको नियम अनुसार अधिकृत राई उत्कृष्ट ५ भित्र पर्न सफल भई फाइनल चरणमा प्रबेश गरिसकेका छन् । अब उत्कृष्ट पाँच कर्मचारीहरुलाई प्रथम, द्धितिय, तृतिय, चौँथो र पाँचौ गरी उत्कृष्ट बनाउनका लागि भने नेपाली नागरीकहरुले भोट गर्नुपर्ने हुन्छ । उत्कृष्ट पाँच कर्मचारीमध्ये आफुलाई मन परेको कर्मचारीलाई मोवाईल नम्बरबाट तथा अनलाई सिस्टमबाट भोट गर्न सकिने आयोजकले जनाएको छ ।

जसमा तपाईले अधिकृत राईलाई मोबाईल नम्बरबाट भोटिङ गर्नका लागि मोवाईलको म्यासेज बक्समा गएर क्यापिटलमा आई.आई.एन.लेखी एक स्पेस दिएर ३ टाईप गरी ३४००१ मा पठाउन गर्न सकिने छ । त्यसैगरी अनलाईनको माध्यमबाट www .integretyicon.org/vote/
मा गएर पनि उहाँलाई भोट गर्न सक्नुहुने छ । तपाईको लागि भोटिङ कोड भाद्र २६ गते बेलुका ७ बजेबाट असोज ४ सम्म खुल्ला रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार