मुलुकको आवश्यकता अनुसार पार्टी एकता : वरिष्ठ नेता खनाल (भिडियो सहित)

  नयाँ बुलन्द  113 पटक हेरिएको

इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई आवश्यकता परेकै कारण दुई ठूला शक्ति (एमाले र माओवादी केन्द्र) बीच एकता भएको बताएका छन् ।

नेकपा इलामको आयोजनामा शुक्रबार सदरमकाममा सुर भएको दुई दिने वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले पुष्पलालले पार्टी निर्माण गरेको ५६ वर्षपछि मात्र एकता भएर एक ठाउँ आइपुगेको बताए ।

समान विचारधारा भएका शक्तिहरू फरक सङ्गठन र पार्टीमा रहँदा मुलुकको आवश्यकता पूरा नहुने भएपछि पार्टी एकता भएको खनालले जिकिर गरे। उनले सबै कम्युनिस्ट एक नभएमा मुलुकमा विकास सम्भव नहुने बताए । एकता घोषणाको  १५ महिनाको अथक प्रयासपछि एकता सफल भएको भन्दै अब कामले गति लिने दावी गरे ।

उनले पार्टी कमिटीमा केही समस्या देखिए पनि त्यसलाई चाँडै निकास दिएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन नेकपा नेतृत्वको सरकार जोडतोडले अघि बढेको दाबी गरे ।

नेपालको पराराष्ट्र नीति कमजोर नभएको उल्लेख गर्दै नेता खनालले असंलग्न परराष्ट्र नीति अपनाउँदै आएकाले विश्वका सबै देशसँग सम्बन्ध विस्तारमा नेपाल पछि नपर्ने बताए ।

नेता खनालले निर्वाचन पद्धति महँगो भएकाले परिवर्तन गर्नुपर्नेसमेत विचार व्यक्त गरे । निर्वाचन प्रणाली महँगो हुँदा सामान्य व्यक्तिले चुनाव लड्न नसक्ने अवस्था सिर्जना भएको बताए । तर निर्वाचन पद्धति कस्तो हुनुपर्ने भन्ने चाँही खुलाएनन् ।

नेपालको संविधान निर्माणसँगै सामन्तवादको अन्त्य भएको दावी गर्दै नेता खनालले अब समृद्धिको यात्रालाई कसैले रोक्न नसक्ने दावी समेत गरे

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार