कम्युनिष्ट पार्टीको एकताले विश्वमा नै हलचल : अध्यक्ष दाहाल

इलाम : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तत्कालिन एमाले र माओवादी विच भएको एकतालाई हल्का रुपमा नलिन कार्यकर्तालाई आग्रह गरेका छन ।

इलाममा भएको जिल्ला स्तरिय कार्यकर्ता कार्यक्रमलाई सम्वोधन गर्दै उनले झापा आन्दोलन र लगातार भएको छलफल र निष्कर्षका साथ पार्टी एकता भएको उनको भनाई छ ।

करिव एकघण्टा लामो मन्तब्यका अधिकांश समय पार्टी एकिकरण र एकिकरणपछि भएका सकारात्मक परिवर्तनमा खचिएका  थिए ।
नेपालका दुई ठुला कम्युनिष्ट पार्टीको एकताले विश्वमा नै हलचल पैदा भएको उनको भनाई छ ।

तर जति चाँडो एकता प्रक्रिया टुंग्याउने लक्ष लिएको थियो त्यति चाँडो हुन नसकेपनि इलाममा एकता प्रक्रिया टुंग्याएर कार्यकर्ता प्रशिक्षणमा लागेकाले अव भने पार्टी एकिकरण अन्तिम चरणमा आएकाले पार्टी सुध्रिडीकरणमा लाग्न कार्यकर्तालाई सुझाव दिएका थिए  ।

नेकपाद्वारा आयोजित प्रशिक्षणमा अध्यक्ष दाहालले संविधान निर्माणमा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको भूमिका महत्वपूर्ण भूमिका रहेको वताएका छन  ।

त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देशमा नेपाल कम्युनिष्ठ आन्दोलनले गति लिएको ७० वर्ष पुरा भएको उल्लेख गर्दै सचेत भएर लाग्नु पर्नेमा जोड दिए । १५ महिना अघिसम्म अलग अलग बिचार धारा भएकै कारण झडप भए पनि त्यसले हाल सकारात्मक मोड लिएको उनको भनाई छ ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि संविधान जारी गर्नकै लागि पनि देशमा भएका ठुला पार्टी विच भएको सम्झौताले देशमा संविधान जारी भएको र संघियता कार्यान्वयनको अग्रदिशमा मुलुक लागि परेको उनको भनाई छ ।

त्यस्तै संविधान सभाका अध्यक्ष तथा पार्टी संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माणमा २४ घण्टा खटेको स्मरण गर्दै पूर्ण समावेशी, लोकतान्त्रिक र पुर्ण प्रेशमैत्री भएको वताएकाा छन । उnले सवै पार्टी, सबै धर्म, भाषा, लिंग र पहिचानलाई एकैठाउँमा समेटेर संविधान जारी गरेको उल्लेख गर्दै नेपालको इतिहासमा सवैभन्दा समावेशी र ब्यवहारिक संविधान जारी भएको नेम्म्वाङको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार