नेकपा इलामको कार्यकर्ता प्रशिक्षण सुरु, अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

इलाम : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई दिने वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।

नेकपा जिल्ला कमिटिको आयोजनामा सुरु भएको प्रशिक्षणको उद्घाटन नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पानसमा बत्ती बालेर गरे । कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा र स्यायी समिति सदस्य सुवासचन्द्र नेम्बाङले नेपालको संविधानको विषयमा प्रशिक्षणात्मक मन्व्यसहित सम्बोधन गरिसकेका छन् । अहिले अध्यक्ष प्रचण्डले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा नै सम्बोधन सुरु गरेका छन् ।

शनिबारसम्म संचालन हुने प्रशिक्षणमा नेकपा स्कूल विभाग उपप्रमुख देवेन्द्र पौडेल र वेदुराम भुसाल, केन्द्रीय सदस्य विजय पौड्याल, प्रदेश १ का अध्यक्ष देवराज घिमिरेलगायत इलाम आएका छन् ।

शुक्रबार स्कूल विभाग उपप्रमुख पौडेलले कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि हालसम्मको अवस्था र वेदुराम भुषालले दर्शनशास्त्र र माक्सवाद, केन्द्रीय सदस्य बिजय पौडेलले अर्थ राजनितीको बिषयमा र प्रदेश संयोजक घिमिरेले सरकार र पार्टीको सम्बन्धको बारेमा प्रशिक्षण दिनेछन् ।

गौतम बुद्ध सभागृहको हलमा सुरु भएको प्रशिक्षणमा ५ सय बढी जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको सभागिता छ । कार्यक्रममा जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरु, जिल्ला सल्लाहकार समितिका पदाधिकारी र सदस्यहरु, ६ वटै निर्वाचन क्षेत्रीय कमिटिका पदाधिकारी र सदस्यहरु, गाउँ तथा नगर कार्यालय सदस्यहरु, विभागका सबै सदस्यहरु, ८१ वटै वडाका अध्यक्ष र सचिवहरु र जनसंगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरु सहभागी छन् ।

कार्यक्रम पार्टी जिल्ला अध्यक्ष रामबहादुर मगरको अध्यक्षता र सचिव सोममया राई (सिन्धु) ले गरेका छन् ।

पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार