अब राजनीतिक आन्दोलन आवश्यक छैन :पूर्व सभामुख नेम्बाङ (भिडियो सहित)

इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य तथा पुर्व सभामुख सुवासचन्द्र नेम्बाङले अब नेपालमा राजनीतिक आन्दोलनको आवश्यकता नभएको बताएका छन् ।

नेपालको सबै आन्दोलनलाई संविधानले समेटेको दावी गर्दै नेम्बाङले फेरि पनि अधिकारका नाममा आन्दोलन गरिरहनुको औचित्य नभएको बताए ।

नेकपा इलामको आयोजनमा सुरु भएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले त्यस्तो बताएका हुन् ।

“सबै आन्दोलनलाई समेटेर समावेशी संविधान बनाएका छौ । अहिले त्यही संविधान कार्यान्वयन गरिरहेका छौ” नेम्बाङले भने, “सबैले अधिकार पाइसकेपछी अब नेपालमा कुनै आन्दोलनको आवश्यकता छैन ।”

नेम्बाङले अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै यो संविधानको विकल्प नभएको दावी गरे । संविधानप्रती असन्तुष्ट दल र समुदायप्रती लक्षित गर्दै नेम्बाङले भने, “समावेशी संविधानसभाले बनाएको संविधान अहिलेसम्मकै समावेशी छ । यहाँ सबैको माग र अधिकार समेटिएको छ । यसको विकल्प खोज्नु मुर्खता हो ।”

पछिलो समय सरकारको कामप्रती भैरहेको तिब्र आलोचनाको बचाउ समेत गरे । उनले सरकार अधिनायकवादतर्फ उन्मुख भैरहेको भन्ने विपक्षीको आरोप मात्र भएको बताए ।

“सरकार अधिनायकवादतर्फ गैरहेको भन्ने सुनेको छु । हामी कानुनी राज्यमा विश्वास गर्छौ । हामीले नै बनाएको संविधानले अधिनायकवादको परिकल्पना गरेको छैन” नेम्बाङले कार्यकर्तालाई निर्देशन दिदै भने, “यस्ता आरोपको खुलेर खण्डन गर्नुपर्छ । राम्रा कामको प्रचार तल्लोतहसम्म पुरयाउन अनुरोध छ ।”

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार