माछा मार्न गएका तीन बालिकाकोे डुबेर मृत्यु

  नयाँ बुलन्द  72 पटक हेरिएको

रौतहट : इशनाथ नगरपालिका–१ को बन्जरहामा तीन जना बालिकाको डुबेर मृत्यु भएको छ । इशनाथ नगरपालिका–१ मा रहेको धान खेतसँगैको खाल्डोमा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बृजनन्दन यादवको १० वर्षीया छोरी किन्जल यादव, ६ वर्षीया छोरी गुन्जन यादव र हिरालाल साहको ७ वर्षीया छोरी सरिता साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

बिहीबार दिउँसो ४ बजे खाल्डोमा जमेको पानीमा माछा मार्न गएका उनीहरु साँझसम्म पनि घर नफर्किएपछि अभिभावकले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार