नेकपा इलामको वृहत कार्यकर्ता प्रशिक्षण, अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु इलाममा (भिडियो सहित)

  नयाँ बुलन्द  269 पटक हेरिएको

इलाम : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई दिने वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु हुँदैछ ।

नेकपा जिल्ला कमिटिको आयोजनामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भएको प्रचाप्रसार तथा प्रकाशन विभागले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रशिक्षणमा नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, स्यायी समिति सदस्य सुवासचन्द्र नेम्बाङसहितका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

शुक्रबार र शनिबार संचालन हुने प्रशिक्षणमा दाहाल, खनाल र नेम्बाङसहित स्कूल विभाग उपप्रमुख देवेन्द्र पौडेल, स्थायी समिति सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य विजय पौड्याल, प्रदेश १ का संयोजक देवराज घिमिरेलगायत इलाम आउने भएका हुन् । खनाल र नेम्बाङविहीबार साँझ नै इलाम आइपुग्ने प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख नवराज शंकरले जानकारी दिए ।

अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री दाहाल र वरिष्ठ नेता खनालले समसामयिक राष्टिरय राजनीतिका विषयमा, स्यायी समिति सदस्य नेम्बाङले संविधान निर्माण र स्थानीय तहको कानुन निर्माण प्रक्रियाको बिषयमा, स्कूल विभाग उपप्रमुख पौडेलले कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि हालसम्मको अवस्था, स्थायी समिति सदस्य वेदुराम भुषालले दर्शनशास्त्र र माक्सवाद, केन्द्रीय सदस्य बिजय पौडेलले अर्थ राजनितीको बिषयमा र प्रदेश संयोजक घिमिरेले सरकार र पार्टीको सम्बन्धको बारेमा प्रशिक्षण दिनेछन् ।

गौतम बुद्ध सभागृहको हलमा हुने प्रशिक्षणमा ५ सय बढी जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको सभागिता रहने छ । कार्यक्रममा जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरु, जिल्ला सल्लाहकार समितिका पदाधिकारी र सदस्यहरु, ६ वटै निर्वाचन क्षेत्रीय कमिटिका पदाधिकारी र सदस्यहरु, गाउँ तथा नगर कार्यालय सदस्यहरु, विभागका सबै सदस्यहरु, ८१ वटै वडाका अध्यक्ष र सचिवहरु र जनसंगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरु सहभागी हुनेछन् ।

पार्टी एकतापछि पहिलोपटक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेतको सहभागितामा हुन लागेको सबैभन्दा ठूलो कार्यक्रमको रुपमा यसका कार्यक्रमलाई नेकपाले लिएको छ । कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउनका लागि ८० जना युवा तथा विद्यार्थीहरुलाई परिचालन गरिएको संयोजक शंकरले बताए ।

पार्टी एकतापछि हुने कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ÷नगर स्तरीय प्रशिक्ष समेत गर्दै लैजाने जिल्ला सचिव सोममाया राई (सिन्धु) बताइन् । यस प्रशिक्षणपछि क्षेत्र, गाउँ नगर र वडामा समेत प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिने सचिव राईले बताइन् ।

प्रचारप्रसार तथा प्रकाशन विभागका संयोजक नवराज शंकरको अध्यक्षता तथा पार्टी जिल्ला सचिव सोममाया राई (सिन्धु) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार