पत्रकार र प्रशासकबीच मैत्रीपूर्ण सम्बन्ध आवश्यक : प्रजिअ कार्की (भिडियो सहित)

  नयाँ बुलन्द  154 पटक हेरिएको

इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की

इलाम : इलाममा सरुवा भएर आएका नयाँ प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले पत्रकार र प्रशासकबीच मैत्रीपूर्ण सम्बन्ध हुन आवश्यक रहेको बताएका छन् । प्रजिअ कार्कीले पत्रकारले सरकारको कामलाई नागरिकसामू पुर्याउन र पत्रकारले उठान गरेका विषयमा राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेका बताए ।

बुधबार आफ्नै कार्यालयमा आयोजित इलामका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रजिअ कार्कीले सो कुरा बताएका हुन् । प्रजिअ कार्कीले पत्रकार र राज्य दुईपक्षबीच कुरा बुझाबुझ भएमात्र सही सूचना सम्प्रेषण गर्न र राज्यको कार्यसम्पादनमा सहज हुने धारणा राखे ।

धनकुटाबाट सरुवा भएर इलाम आएका प्रजिअ कार्कीले नागरिकसँग उत्तिकै सम्पर्क हुने पत्रकारहरुले सही सूचना प्रवाहमा ध्यानदिनु पर्ने बताए । उनले कुनै समाचार लेख्दा थप पुष्टि गरे मात्र लेख्न सके समाजमा राम्रो छाप पर्ने धारणा राखे ।

यता पत्रकारहरुले पनि आफूहरुले जिम्मेवार तरिकाले समाचार सम्प्रेक्षण गरिरहेको बताउँदै सही समयमा पत्रकारले मागेको सूचना दिन प्रजिअसमक्ष माग समेत गरेका थिए ।

कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार