नेकपा माङसेबुङले तोक्यो इञ्चार्ज र सहइञ्चार्ज, कार्यदल र सचिवालय

माङ्सेबुङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले इलामको माङ्सेबुङ गाउपालिका कमिटी अन्तर्गत सांगठनिक निर्णयहरु गरेको छ ।

पार्टीका गाउँ कमिटी अध्यक्ष हेमन्त राइको अध्यक्षतामा चतुरेमा दुई दिन सम्म बसेको बैठकले वडा इञ्चार्ज र सहइञ्चार्जहरु तोक्नुका साथै गाउँपालिका कमिटीको सचिवालय गठन लगायतका बिषयमा निर्णय लिएको हो ।

गाउँ कमिटी अध्यक्ष राईका अनुसार वडा नम्बर १ इञ्चार्ज भिम भट्टराई, सह इन्चार्ज, गोपाल खजुम, वडा नम्बर २ को इन्चार्जमा मित्र खड्का र सह इन्चाजमा उमिरन राई, वडा नम्बर ३ को इन्चार्जमा मैतराज राई र सह इन्चार्जमा कृष्ण साम्बा, वडा नं ४ को इन्चार्जमा अमृत बहादुर राई, सहइञ्चार्जमा धन राई, वडा नम्बर ५ को इन्चार्जमा बल बहादुर नेम्वाङ र सह इन्चार्ज सान्त आङ्देम्बे राई तथा वडा नम्बर ६ को इन्चार्जमा राम चन्द्र राई र सह इञ्चार्जमा रत्न माकृहाङलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बैठकले माङ्सेबुङ गाउपालिका संसदिय दलको नेतामा गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बालाई बिधानको धारा ५४ ख १बमोजिम नियुक्तिका लागि जिल्ला कमिटिमा सिफारिस गर्ने, पार्टी बिधान अनुसार ५ सदस्यीय कार्यलय गठन पनि निर्णय भएको छ । जस अनुसार कार्यदलमा हेमन्त राई, डकिन्द्र योङ्हाङ, सुनिता सुब्बा, मित्र खड्का र सुरेश राई रहेका छन् ।

त्यस्तै गाउपालिका कमिटीको २५ सदस्यीय सचिवालयको अध्यक्षमा हेमन्त राई, सचिवमा डकिन्द्र योङ्हाङ सदस्यहरुमा मैतराज राई, सङ्गिता राई, सुनिता सुब्बा, कृष्ण बहादुर बस्नेत, मन कुमार साम्बा, सन्त बिक, बल बहादुर नेम्बाङ, धन प्रसाद राई, अमृत बहादुर राई, कला सिवा, नरबहादुर आङ्देम्बे, प्रदिप साङ्पाङ, मनिसा राई, याम मुखिया, पृथिमान जबेगु, बिकेन्द्र योङ्हाङ, गणेश कुमार राई, राजकुमार राई, गजेन्द्र राई, सैत बहादुर राई, रामचन्द्र राई, सुरेश राइ र मित्र कुमार खड्कालाई चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार