काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान इलाममा पनि सुरु

इलाम : नेपाली काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबारबाट देशभर एकैसाथ सुरु भएको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार इलाममा पनि अभियान सुरु भएको छ । १०६ औ बिपी जयन्तीको अवसर पारेर दोस्रो चरणको जागरण अभियान सुरु गरेको हो । इलाममा पनि जिल्ला कार्य समितिले चार स्थानमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार बिहान सदरमुकाम स्थित बिपी पार्कमा रहेको बिपीको शालिकमा माल्यार्पण र पार्क परिसरमा सरसफाई पछि जिल्लाका चार स्थानमा कार्यक्रमको आयोजना गरेको हो । हो । केन्द्रीय कार्यक्रम अनुसार बृक्षारोपण गरेर जागरण अभियानको सुरुवात गरिएको इलाम कांग्रेसले जनाएको छ ।

चार स्थानमा जम्मा एकसय छ वटाको दरले चारसय २४ वटा बिरुवा रोपिएको छ । पार्टीको क्षेत्र नम्बर १ को प्रदेश १ अन्तर्गत माईजोगमाई गाउँपालिकाको नयाँबजार, क्षेत्र नम्बर १ कै प्रदेश २ को रोङ गाउँपालिका स्थित हाँसपोखरी, क्षेत्र नम्बर २ को प्रदेश १ को देउमाई नगरपालिका स्थित मंगलबारेको देवीडाँडा र क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश २ को माङसेबुङ्ग गाउँपालिकाको गजुरमुखिमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएकोे काँग्रेसका क्षेत्रीय सचिब तीर्थ गुरुङ्गले जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर १ र २ को चारवटै प्रदेशमा केन्द्रिय प्रतिनिधि खटाएको छ ।

क्षेत्र नम्बर १ को १ मा केशब दाहाल, क्षेत्र नम्बर १ को २ मा दिपेन्द्र ढकाल, क्षेत्र नम्बर २ को १ मा बिश्वनाथ रिजाल र क्षेत्र नम्बर २ को २ मा डिबिी राईलाई केन्द्रिय प्रतिनिधिको रुपमा इलाममा खटाएको छ ।

यसैक्रममा मंगलबारेमा बृक्षारोपण कार्यक्रम पश्चात बिचार गोष्ठि समेत भएको छ । पार्टीको क्षेत्र नम्बर २ को प्रदेश १ का सभापति नुतनदेव दुलालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताले विपी कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताएका थिए । उनीहरुले मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाबाट देशले पाठ सिक्नुपर्ने बताए ।

केन्द्रिय प्रतिनिधि बिश्वनाथ रिजालले सरकारको कार्यशैलीप्रति नेपाली जनतामा निराशा छाएको बताए ।
अर्का बक्ता पार्टीका जिल्ला सभापति हिमालय कर्मचार्यले वडा र गाउँमा काँग्रेस बलियो नभइकन केन्द्रमा बलियो हुन नसक्ने बताए । अन्य बक्ताहरुले विपी कोइराला महान् राजनीतिक व्यक्तित्व भएकाले विपी कोइरालालाई सिङ्गो देशले सम्झनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति केशब थापा, महासमिति सदस्यहरु भेषराज आचार्य, केदार थापा, पूर्णप्रसाद गौतम जिल्ला सदस्य पूष्पा खनाल लगायतले सम्बोधन गरेका थिए ।

अभियान अन्तर्गत नै चारै स्थानमा जिल्ला स्तरका नेताहरु प्नि सहभागी भएका छन् । सो क्रममा नयाँबजारमा क्षेत्रीय सभापति दूर्गा बराल सहित जिल्ला तथा क्षेत्रीय स्तरका नेताहरु देवेन्द्र राई, रमेशचन्दू्र सुवेदी, हरिकला श्रेष्ठ लगायतको उपस्थिति थियो ।

यस्तै रोङ गाउँपालिकामा दिपक अधिकारी, प्रेम चाम्लिङ्ग, टिकाराम लाप्चा लगायतको उपस्थिती रहेको थियो । त्यहाँ श्याम कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस्तै माङसेबुङ्गमा पार्टीका जिल्ला सचिब खगेन्द्र देवान सहित जिल्ला तथा क्षेत्रीय स्तरका नेताहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार