३१ जनालाई परिचय पत्र वितरण

  गोविन्द प्रसाद लामिछाने
0 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ७ दोकानडाँडामा अपांगता परिचय पत्र वितरण शिविर आइतबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा करुणा फाउण्डेशन नेपाल इलामको समन्वयमा आयोजित शिविरमा ३१ जनाको सहभागिता रहेको थियो ।

शिविरमा ६ जनालाई रातो, १२ जनालाई निलो, ९ जनालाई पहेंलो र ४ जनालाई सेतो परिचय पत्र वितरण गरिएको थियो । गाउँ कार्यपालिकाको निर्णय बमोजिम यहाँका सात वटै वडामा अपांगता परिचय पत्र वितरण शिविरको आयोजना गरिएको हो ।

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष तथा अपांग समन्वय समितिका संयोजक सरस्वती राई (सरु), वडाध्यक्ष लोकबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत जनार्दन कटट्ेलले अपांगता भएकी हुमादेवी कोइरालालाई रातो परिचय पत्र वितरण गरेर कार्यक्रमको उद्घाटन गरे ।

शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलका डा.सरोज दर्नाल, करुणा फाउण्डेशन नेपालका मौसम श्रेष्ठ, लक्ष्मण गजुरेल, वडा सचिव सुमन खड्का, वडासदस्य पञ्चबहादुर योङहाङ, शशिधर खनाल, भूमिका दियालीलगायतले सहयोग गरेका थिए । अपांगता परिचय पत्र पाउनबाट वञ्चित पाँच जनाले नयाँ परिचय पत्र पाएका थिए भने अन्यको परिचय पत्र स्तरोन्नति गरिएको थियो । परिचय पत्र बनाउनका लागि अपांगता भएका व्यक्ति बिहानैदेखि लामबद्ध भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार