मुखमा घाउ भएर बोल्न नसक्ने अवस्थाकी विद्यार्थीको उपचारार्थ आर्थिक संकलन सुरु

  नयाँ बुलन्द  86 पटक हेरिएको

इलाम :  इलाम नगरपालिका ५ स्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत ज्योति राईको उपचारार्थ आर्थिक सहयोग संकलन थालिएको छ ।

मुखमा घाउ भएर बोल्न नसक्ने अवस्थामा पुगेपछि राईको उपचारका लागि अमर माविले उपचार खर्च संकलन गर्न थालेको हो । घरको आर्थिक अवस्था समेत कमजोर रहेका राईको मुखको अप्रेसन गर्न ४ लाख चाहिने भएपछि  अमर माविका अमर स्काउट सोसाइटी र जुनियर रेडक्रसको सक्रियतामा आर्थिक संकलन थालिएको हो ।

अमर माविका स्काउट शिक्षक अर्जुन शर्मा (ढुंगाना) का अनुसार हाल सम्म उपचारका लागि ७० हजार एक सय ६० रुपैयाँ संकलन गरेर बालिकाकी आमा सूर्यमाया राईलाई बुझाइएको छ । अहिले राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको ढुङ्गानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार