अलैंचीको बोट मरेपछि किसान चिन्तित

  लोकेन थेवे  198 पटक हेरिएको

इलाम : इलाम माइजोगमाई ६ का मुख्य नगदे बाली अलैंचीको बोट मर्न थालेको छ ।

फल टिप्ने समय हुन लाग्दा यसरी अलैंचीको बोट नै सुकेर सोतर हुन थालेपछी स्थानिय अलैंची  किसानहरु दिनरात चिन्तित बन्दै गैरहेका छन् ।

अन्य खेतीपाती नस्ट गरेर बाँकी सबै जग्गामा अलैंची खेती गरेका किसानहरु यसरी फल टिप्ने समयमा अलैंचीको बोट नै मर्न थालेपछि बाँकी दिनको गुजरा कसरी चलाउने दोधार परेका छन् ।

सजिलो र बजारमा अन्य खेतिको तुलनामा राम्रो मूल्य भएकोले पनि स्थानिय किसान प्राय अलैंची खेतीमा नै जोड दिने गरेका छन् ।

प्राय ओसिलो र खोल्साखोल्सीमा फस्टाउने भएकोले स्थानीय बजार र गाउँघरमा खोल्सिको सुन पनि भन्ने गरेन्छ ।

समुन्द्री  सतहको ११ सयदेखि १४ सयको हाराहारीको उचाइमा यसको राम्रो खेती मानिएपनि हाल ७ सय देखि १८ सयको हाराहारीमा यसको खेती गर्दै आइरहेको छ ।

कति नमरेको अलैंचीमा फल नलागेको कारण किसानले फाँडेर गाईवस्तुलाई घाँस सोतर  लगाउने समेत गरेका छन् । के कारण अलैंचीमा यस्तो समस्या आयो स्थानीयले अनुसन्धान नगरेपनि यो पटक हिउँदमा लामो समय असिनापानी परेकोले पनि यो समस्या आएको हुन सक्ने उनीहरुको अनुमान छ ।

माईजोगमाईको सबै क्षेत्रमा यस्को खेती गर्दै आइरहेको छ । ३ वर्ष अगाडी १० रुपैयाँ प्रति सराले किनेर रोपेको अलैंची पहिलो फल चाख्न नपाई मरेपछि माईजोगमाईका स्थानीय रोम मगर जति चिन्तित छन् त्यो भन्दा धेरै सन्दकपुरका किसानहरु यो पटक धेरै चिन्तित बनेका छन् ।

धेरैले राम्रो धान फल्ने खेतमा धान खेती छोडेर अलैंची खेती लगाएका थिए । तर फल चाख्न नपाइ मरेपछि अब के खेती लगाउने दोधारमा परेका छन् ।

माईजोगमाइ ६ का योगेश थेबेले सन्दकपुर गाउँपालिकामा रहेको आफ्नो धान खेती ३ वर्ष अगाडी नै मासेर अलैंची रोपेका थिए । तर फल नलागेकोले सबै फाँडिदिएका छन् ।

सन्दकपुर ५ का इन्द्र गुरुङ पनि आफ्नो बगानमा खासै अलैंचीको फल नदेख्दा निरास भएका छन् । विगत वर्ष माईजोगमाई र सन्दकपुर गाउँपालिकाको जमुना र सुलुबुङको मध्य भागमा राम्रो अलैंची उत्पादन भएको थियो ।

यो वर्ष अलैंचीमा ७५ प्रतिशत गिरावट आउन सक्ने स्थानीय ब्यापारीहरुले बताउन थालिसकेका छन् । अलैंची उत्पादनमा गिरावट आउन थालेको भारतीय सीमा जोडिएका गाउँपालिकाको स्थानीय बजारमा भारतीय रुपैयाँ र ब्यापारिको चहल पहल शून्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार