घोडचढी व्यवसायले पर्यटन प्रवन्द्धनमा सघाउदै

  नयाँ बुलन्द  45 पटक हेरिएको


इलाम : पुर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा परिचित इलामको कन्याममा घोडचढी व्यवसायले समेत पर्यटन प्रवन्द्धनमा सघाउ पुर्याउन थालेको छ । पहाडि क्षेत्रमा रहेको कन्याम चिया बगान र प्राकृतिक मनोरम क्षेत्र भएका कारण पनि आन्तरिक तथा वाह्य पर्यटकका लागि आर्कषणको केन्द्रका रुपमा रहेदै आएको छ । पछिल्लो समयमा कन्याम आउने पर्यटकहरुका लागि घोडचढी मुख्य आकर्षण बन्न थालेको हो ।

घोडचडी धेरै क्षेत्रमा लोप भईसकेको छ तर इलामको कन्याममा भने अहिले दैनिक रुपमा घोडचढी सेवा उपलब्ध रहेको छ । बिगत केही बर्षदेखि सो क्षेत्रमा घोडचढी ब्यबसायी संघ नै गठन गरेर ब्यबसायकै रुपमा सञ्चालन गरिएको छ । अम्लिसो, अदुवा र अलैची अर्थात (अ) को संगम जिल्लाका रुपमा मानिएको इलाम प्रदेश १ को प्रमुख पर्यटकीय गनतब्यहरु मध्येको अब्बल गनतब्यको रुपमा लिइन्छ । चियाबगानको मनमोहक दृश्य, लभडाँडाबाट देखिने आसपासका दृश्यले जोकोहीलाई मोहित पार्छ नै त्यसमाथि पछिल्लो समय घोडचढीबाट चिया बगान र आसपासको दृश्याअबलोकन गर्न पाउँदा जोकोही स्वर्गीय आनन्द महशुस गर्छन ।

चिसो मौसम,एकैक्षणमा घाम र एकैक्षणमा बादलुको घुम्टोभित्र पुरिँदा त्यसको बर्णन गरिसाध्य नै छैन । हाल त्यस क्षेत्रमा ३ दर्जन भन्दा बढी घोडाहरु उपलब्ध रहेका छन । हरेक दिन एउटा ब्यबसायीले पालोमा घोडाबाट दृश्यावलोकन गरेर १ हजार बढी आम्दानी गर्दै आएको घोडचडी ब्यबसायीहरु बताउछन ।

लोप हुँदै गरेको ब्यबसाय इलाममा सञ्चालन भईरहँदा यस्ले आम्दानी र पर्यटकीय सम्भावना दुबैलाई मद्धत पुगेको छ भने नेपाल भ्रमण बर्ष २०२० लाई समेत पर्यटक भित्राउन ठुलो भूमिका निर्बाह गर्ने देखिन्छ । कन्याममा घोडा चढेर फोटो खिचेको रु ५० र घोडा चढेर घुम्नेका लागि रु एक सय शुल्क निर्धारण गरिएको छ । दैनिक हजारौंको सङ्ख्यामा पर्यटकहरु इलाम घुम्न आउने गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार