लिम्बु विद्यार्थी मञ्च कन्काई माविको पुनर्गठन

  नयाँ बुलन्द  90 पटक हेरिएको

माई :  इलामको माई नगरपालिका स्थित कन्काई मावि दानाबारीमा लिम्बू विद्यार्थी मञ्चको इकाई कार्यसमिति पुर्नगठन भएको छ । लिम्बू विद्यार्थी मञ्च इलामको संगठन विस्तार कार्यक्रम अन्तर्गत विहिबार कार्यसमितिको पुनर्गठन गरिएको हो ।

                   

पुनर्गठन कार्यक्रमले फुलमाया आङदेम्बेलाई नवगठित कन्काई माविको अध्यक्षमा चयन गरेका छन् भने उपाध्यक्षहरुमा मुनादेवी नेम्बाङ र उमेश कोहिबा चयन गरेका छन् । समितिको सचिवमा हेलिना लावती, सहसचिवमा विनिता सम्बाहाङफे र कोषाध्यक्षमा आइतमाया शेर्मा चयन भएका छन ‍।

त्यस्तै सदस्यहरुमा दोणहाङ लोक्ताम, उषा थेगिम, सुनिता फागो, मिका थाम्देन, मनमाया तुम्बापो, सुस्मिता नेम्बाङ, प्रमिला शेर्मा, अस्मिता तुम्बाहाङफे, लजावती शेर्मा, सबिना फागो र निशान कुरुम्बाङ निर्वाचित भएका छन् ।

लिम्बू विद्यार्थी मञ्च कन्काई मावि ईकाईकी सचिव फुलमाया आङदेम्बेको  अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष अतित योङहाङ, गरुवा बहुमुखी क्याम्पसका सहप्राध्यापक गंगाराम चेम्जोङ, कन्काई माविका प्रधानाध्यापक हरि पौडेल, सहायक प्रधानाध्यापक खेमराज लिम्बु लगायतले कार्यक्रमको सहजिकरण तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम लिम्बु विद्यार्थी मञ्च इलामका संगठन विभाग प्रमुख मनोज साँबा, सचिवालय सदस्य राजेन्द्र फागो स्वागत मन्तव्य तथा सञ्चालनमा भएको थियो भने सदस्य सम्झना नेम्बाङ र गरुवा क्याम्पसका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी लिम्बू विद्यार्थी मञ्चको केन्द्रीय महाधिवेशनमा सहभिगताको लागि गरुवा बहुमुखी क्याम्पस तथा नवगठित कार्यसमितिबाट प्रतिनिधि तथा पर्यवेक्षक समेत चयन सम्पन्न भएको छ । मञ्चको महाधिवेशन यहि असोज १२, १३ र १४ गते ताप्लेजुङ सदरमकाममा हुँदैछ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार