लिम्बु विद्यार्थी मञ्च मोर्डन क्याम्पसमा नित्या

  नयाँ बुलन्द
35 Shares

इलाम :  इलाम नगरपालिका स्थित मोर्डन क्याम्पसमा लिम्बू विद्यार्थी मञ्चको शाखा कार्यसमिति पुर्नगठन भएको छ । लिम्बू विद्यार्थी मञ्च इलामको संगठन विस्तार कार्यक्रम अन्तर्गत बुधबार मोर्डन क्याम्पस शाखा कार्य समितिको पुनर्गठन गरिएको हो ।

नवगठित आदर्श माविको अध्यक्षमा नित्या सम्बाहाङफे चयन भएका छन् भने उपाध्यक्षहरुमा संजिता योङहाङ र सुनिल लिङदम चयन भएका छन् । समितिको सचिवमा अनुभवराम फेजोङ, सहसचिवमा सिर्जना लोक्ताम र कोषाध्यक्षमा प्रशान्त लिङदम चयन भएका छन ‍।

त्यस्तै सदस्यहरुमा नुमाफुङ फियाक, विनय योङहाङ, इवा थेवे, मिज्वल चिलिक्चम, अञ्जना मादेन, बन्दना फागो, सुमिना शेर्मा, पवन आङदेम्बे, अरुणा खाम्दाक र निकिता थेबे निर्वाचित भएका छन् ।

लिम्बू विद्यार्थी मञ्च इलामका मोर्डन क्याम्पस शाखाकी सचिव नित्या सम्बाहाङफेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य रामकुमार लिङदम र इलाम जिल्ला अध्यक्ष अतित योङहाङले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा उपाध्यक्ष सन्तोष लिङदम र कोषाध्यक्ष भूमिका सम्बाहाङफे, संगठन विभाग प्रमुख मनोज साँबा, सचवालय सदस्य राजेन्द्र फागो र सदस्य सञ्जय चेम्जोङको उपस्थितिमा सम्पन्न भएको हो ।

त्यसैगरी लिम्बू विद्यार्थी मञ्चको केन्द्रीय महाधिवेशनमा सहभिगताको लागि नवगठित कार्यसमितिबाट प्रतिनिधि तथा पर्यवेक्षक समेत चयन सम्पन्न भएको छ । मञ्चको महाधिवेशन यहि असोज १२, १३ र १४ गते ताप्लेजुङ सदरमकाममा हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार