काँग्रेसका युवानेता खडकाले गरे गुम्बालाई सहयोग

  नयाँ बुलन्द  190 पटक हेरिएको

इलाम : इलामका समाजसेवी तथा नेपाली काँग्रेसका युवानेता डम्बर खडकाले नयाँ बजारमा रहेको गुम्बालाई सहयोग गरेका छन ।

माइजोगमाइ ६ स्थीत साँङ्गेछेलीङ गुम्बा पुनमिार्णका लागि उनले ५० हजार नगद सहयोग प्रदान गरेका हुन । बिगतमा गुम्बा निमार्णका क्रममा समेत रकम सहयोग गरेका खडकाले आज इलाम सदरमुकाममा रहेको आफ्नै कार्यालयमा गुम्बाका अध्यक्ष एव लामा पेम्बा शेर्पालाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

बि.स. १९४० मा स्थापना भएको गुम्बा २०७२ सालको महाभुकम्पले क्षति पुरयाएको काराण हाल गुम्बालाइ पुर्ननिमार्ण गर्नु परेको र हाल उक्त गुम्बामा बिभिन्न क्षेत्रका ३० जना बिद्यार्थीले बौद्ध धर्मका साथै कक्षा ३ सम्मको पाठयक्रम अध्ययन गरीरहेका समेत अध्यक्ष पेम्बाले बताए ।
हाल गुम्बामा बौद्ध धर्मको माने समेत रहेको छ । पर्यटकिय स्थलमा रहेको गुम्बाको संरक्षण तथा प्रचारप्रसार गर्न सके माइजोगमाईको पर्यटन बिकासमा सहयोग पुग्ने स्थानियको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार