लिम्बु विद्यार्थी मञ्च झापा अध्यक्षमा सागर

  स्पर्श अतित
7 Shares

झापा :  लिम्बू विद्यार्थी झापा जिल्ला कार्यसमितिको पाँचौँ जिल्ला अधिबेशनबाट सागर साँबा अध्यक्षमा नर्वाचित भएका छन् । लिम्बुवानको सुन्दर नगरी झापा दमकको किरात भवनमा आइतबार सम्पन्न भएको अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेका हुन् ।

कार्यसमितिको उपाध्यक्षमा दिलहाङ लिम्बू, महिला उपाध्यक्षमा सानुसा लावती निर्वाचित भएका छन् । त्यस्तै सचिवमा सञ्जय इङनाम, सहसचिवमा गंगा बेघा र कोषाध्यक्षमा छुनु लिम्बु निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा हिमाल लिम्बु, चन्द्र लिम्बू, आइतहाङ चेम्जोङ, आयुस लिम्बू, दिवश तिगेला, नन्या नेम्बाङ, दिपिका लिम्बू, निरु लिम्बू, अविन लिम्बू, मुना लिम्बू र रोमन लिम्बू निर्वाचित भएका छन् ।

लिम्बू विद्यार्थी मञ्च झापा जिल्ला अध्यक्ष सन्तोषी लिङदेनको अध्यक्षता र केन्द्रीय सचिव योवाहाङ तुम्बाहाङफेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा मञ्चका केन्द्रिय कोषाध्यक्ष विक्रम शेर्मा, केन्द्रिय सदस्य मनकुमार योङहाङ, किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश नं. १ का कोषाध्यक्ष शुसन राई लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

लिम्बु विद्यार्थी मञ्चको केन्द्रिय महाधिवेशन यहि असोज १२, १३ र १४ गते लिम्बूवानको  ताप्लेजुङ सदरमुकाममा सम्पन्न हुँदैछ । महाधिवेशनको तीव्र तयारी भईरहेको बेला झापा जिल्लाले जिल्ला अधिबेशन सम्पन्न गरेको हो । झापा लगायत लिम्बुवानका ९ जिल्ला, त्यस्तै काठमाण्डौँ, भक्तपुर, ललितपुर र चितवनमा समेत संगठन विस्तारको चाप बढेको प्रमुख अतिथि तुम्बाहाङफेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार