आदर्श र साङरुम्बा माविमा लिवि मञ्च

  नयाँ बुलन्द
0 Shares

इलाम :  इलाम नगरपालिका स्थित आदर्श मावि र साङरुम्बा माविमा लिम्बू विद्यार्थी मञ्चको इकाई कार्यसमिति गठन भएको छ । लिम्बू विद्यार्थी मञ्च इलामको संगठन विस्तार कार्यक्रम अन्तर्गत गत विहिबार साङरुम्बा मावि र शुक्रबार आदर्श माविमा इकाई कार्यसमितिको पुनर्गठन गरिएको हो ।

नवगठित आदर्श माविको अध्यक्षमा सुजता योङहाङ चयन भएका छन् भने उपाध्यक्षहरुमा सुजन लिङदेन र प्रिति सम्बाहाङफे चयन भएका छन् । समितिको सचिवमा सुस्मिता चेम्जोङ, सहसचिवमा सुरेन्द्र नेम्बाङ र कोषाध्यक्षमा सविना चिलिक्चम चयन भएका छन ‍।

त्यस्तै सदस्यहरुमा सप्रिया नेम्बाङ, शुसिल साउदेन, सलिन लिङदम, सुनिता जबेगू, सिर्जना साउदेन, निशा लावती, एलिसाम्यो लिम्बु, डिल्लीहाङ लावती, ताङसाङ लिम्बु, सुदिपा लिङदम, जुनु योङहाङ र मनिशा योङहाङ चयन भएका छन् ।

लिम्बू विद्यार्थी मञ्च इलामका संगठन विभाग प्रमुख मनोज साँबाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य रामकुमार लिङदम र केन्द्रीय सदस्य गुल्सन  आङबुहाङ, इलाम जिल्ला अध्यक्ष अतित योङहाङ, उपाध्यक्ष सन्तोष लिङदम र महेन्द्र बहुमुखी क्याम्पस शाखाकी सहसचिव जिविका सम्बाहाङफेको उपस्थिति तथा सहजिकरणमा सम्पन्न भएको हो ।

त्यस्तै नवगठित साङरुम्बा माविको अध्यक्षमा पविना लिङदम चयन भएका छन् भने उपाध्यक्षहरुमा विमला नेम्बाङ र प्रविन लिङदम चयन भएका छन् । समितिको सचिवमा समिता लिङदम, सहसचिव निशेष नेम्बाङ र कोषाध्यक्षमा निशान सम्बाहाङफे चयन भएका छन् ।

समितिको सदस्यहरुमा अर्चना चिलिक्चम, विनिता लिङदम, सुशिला नेम्बाङ, मनिका लिङदम, पुनम नेम्बाङ, मनिशा लिङदम र भिममाया यक्पाङदेन चयन भएका छन् ।

कार्यक्रम लिम्बू विद्यार्थी मञ्च इलामका संगठन विभाग प्रमुख मनोज साँबाको उपस्थिति एवम् सहजीकरणमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार