भक्तराजलाई १ लाख बढी सहयोग

ललितपुर : म्याङलुङ नगरपालिका वडा नं. १० साविक तम्फुला गाविस वडा नं. ७ बस्ने भक्तराज खापुङ लिम्बूको मृगौला र फोक्सोमा क्यान्सर भई भारतको राजिव गान्धी अस्पतालमा अप्रेसन सम्पन्न भएको छ ।

आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि विविध गाउँ क्षेत्रबाट आर्थिक सहयोग जुटेको थियो । हालसम्म ३० लाख खर्च भएकोमा धेरैजसो आर्थिक सहयोगबाटै जुटेको बिरामीकी बहिनी विमला खापुङ पाख्रिनले जनाएकी छिन् ।

यसैक्रममा सिङ्गक समाज हङकङले भक्तराजको लागि १ लाख ६ हजार २ सय १० आर्थिक सहयोग ललितपुरमा एक कार्यक्रम गरी प्रदान गरेको छ । भक्तराजको ससुराली तेह्रथुम फेदाप गाउँपालिका ३ पौदिनका सिङ्गक परिवार भएकोले ससुराली पट्टिबाट सहयोग प्रदान भएको हो ।

आर्थिक सहयोग गीतकार मीना सिंगकबाट हस्तान्तरण भएको थियो भने लिनको लागि बिरामीकी बहिनी बिमला खापुङ, किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका महासचिव देवेन्द्र खापुङ र सुजिना इस्बो उपस्थित थिए ।

सहयोग जुटाउन पहल गरेको बारे मीना सिंगकले जानकारी गराएकी थिइन् ।

त्यसैगरी विरामीको अवस्थाबारे जानकारी दिँदै सहयोगदाताहरुलाई विरामीको फुपुकी बुहारी सुजिना इस्बोले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

हस्तान्तरण कार्यक्रममा कलाकार रेखा फागोको पनि उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार