लिवि मञ्चको संगठन विस्तार तीब्र

इलाम : लिम्बू विद्यार्थी मञ्च इलामले आफ्नो संगठन विस्तारलाई तीब्र बनाएको छ । मञ्चको केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा जिल्लाभरका क्याम्पस तथा माध्यमिक विद्यालयमा शाखा तथा ईकाई कार्यसमिति निर्माणलाई तीब्र बनाएको हो ।

मञ्चको राष्ट्रिय महाधिवेशन आगामी असोज १२, १३ र १४ गते ताप्लेजुङको फुङलिङमा हुँदैछ । महाधिवेशननलाई सफल बनाउन पूर्वका ९ जिल्लासहित, काठमाडौं, ललितपुर, भक्तपुर र चितवन जिल्लामा समेत मञ्चको जिल्ला, क्याम्पस तथा मावि इकाईहरुको अधिवेशन, गठन, पुनर्गठन सम्बन्धित जिल्लाले गरिरहेको हो ।

त्यस्तै महाधिवेशनमा सहभागिताको लागि प्रतिनिधि तथा पर्यवेक्षक छनौटलाई समेत अघि बढाईएको छ ।

भानुभक्त र जीतपुर माविमा मञ्च पुर्गठन

कार्यक्रम अनुसार सोमबार देउमाई नगरपालिका इलामस्थित भानुभक्त मावि मंगलबारे र जीतपुर मावि जीतपुरमा १३ सदस्यीय नयाँ इकाई कार्यसमिति गठन गरिएको छ ।

नवगठित भानुभक्त इकाई कार्यसमितिको अध्यक्षमा कामना योङहाङ चयन भएका छन् । उपाध्यक्षहरुमा राजेन्द्र बेघा र मनिशा कुरुम्बाङ चयन भएका छन् ।

त्यस्तै सचिवमा विक्रम बेघा, सहसचिवमा सुदिक्षा लिङदम र कोषाध्यक्षमा आशिष फियाक चयन भएका छन् ।

सदस्यहरुमा समिक्षा लिम्बू, कोशिस योङहाङ, मनोज बेघा, एलिना योङहाङ, सम्झना लिम्बू जस्मिन चेम्जोङ र विष्णुमाया बेघा चयन भएका छन् ।

सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख मनोज साम्बाको अध्यक्षतामा भएको भानुभक्त माविमा जिल्ला अध्यक्ष अतित योङहाङको प्रमुख आथित्यता तथा सहजिकरणमा भएको थियो । त्यस्तै सचिवालय सदस्य एवम् शैक्षिक विभाग प्रमुख राजेन्द्र फागो, संगठन विभाग सदस्य मनिसा बेघा, मंगलबारे बहुमुखी क्याम्पस शाखाका सदस्यहरु पवित्र लिम्बू, नवीना लिम्बू, सहयोगी भीम लिम्बूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी जीतपुर माविको अध्यक्षमा शुक्रबत्रहादुर फत्र चयन भएका छन् । उपाध्यक्षहरुमा आशिष फेदाप र रसना योङहाङ चयन भएका छन् ।

त्यस्तै सचिवमा गणेश जवेगू, सहसचिवमा सरोज मोरोहाङ र कोषाध्यक्षमा ऋषिकुमार लोरिङदेन चयन भएका छन् ।

सदस्यहरुमा सञ्चमाया तुम्बाहाङफे, गंगाबहादुर तुम्बाहाङफे, एकदेप लोरिङदेन, गंगा फत्र, जर्जविक्रम मोरोहाङ, सन्देश जवेगू र मुना नेम्बाङ चयन भएका छन् ।

यता जीतपुर माविमा मञ्चका सचिवालय सदस्य शान्ता तुम्बाहाङफेको अध्यक्षता एवम् केन्द्रीय सदस्य ताराविर लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष अतित योङहाङ, सचिवालय सदस्यहरु मनोज साँवा, राजेन्द्र फागो, त्रिभुवन विश्वविद्यालय शाखाका पूर्व सदस्य तथा जीतपुर माविका शिक्षक नन्दहाङ लिम्बूको उपस्थिति र सहजिकरणमा भएको थियो ।

त्यस्तै मंगलबारे बहुमुखी क्याम्पस, चिसोपानी मावि माङसेबुङ र नवगठित दुवै समितिबाट महाधिबेशन प्रतिनिधि तथा पर्यवेक्षक समेत छनौट भएका छन् । तीब्र रुपमा भईरहेको संगठन विस्तार कार्यक्रमा मंगलबार भगवती मावि धुसेनी र खान्द्रुङ मावि सिद्धिथुम्कामा इकाई समिति गठन गरिने संगठन विभाग प्रमुख मनोज साम्बाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार