इटहरीका जनप्रतिनिधिको आक्रोस, टयाङ्गग्रा पूल मर्मत गर्न सडक डिभिजन किन उदासिन ?

  नयाँ बुलन्द
0 Shares

इटहरी : सडकमा भएका खाल्डाखुल्डी पूर्न र टयाङ्गग्रापूल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासिन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोस ब्यक्त गरेका छन ।

सडक शुसासनका लागि इटहरी उपमहानगरले सरोकारवाला र विषयगत कार्यालयहरु सँग गरेको छलफल कार्याक्रममा आक्रोस जनाएका हुन । छलफलमा इटहरी वडा नम्वर ६ का वडाध्यक्ष चन्द्र भटटराईले टयाङ्गग्रापूल मर्मतमा सडक डिभिजन कार्यालयले देखाएको ढिलासुस्ती र गुणस्तहीन कार्यको वारेमा ध्यानाकर्षण गराए ।

उनले सडकमा भएका खाल्डाखुल्डी पूर्न र टयाँग्राखोलाको पूल मर्मतमा किन लापरवाही गरिएको होे प्रश्न गरे । काम भएपनि टालटुले काम हुने र निर्माण नसकि भत्किने बताए । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीको पटक पटकको ताकेतामा टयांग्रापूलको मर्मत भएपनि पून भत्किएको छ । दुवै तर्फका रेलिङ्ग भत्किएका कारण दुर्घटनाको जोखिम वढेको छ । टयाङ्गग्रापूल पूर्व पश्चिम सडक खण्डमा पर्ने इटहरी वजारमै रहेको पूल हो । जुन पुल भएर दिनमा हजारौ सवारी साधन गुडछन ।सडकमा दर्जनौ खाल्डाखुल्डीका कारण यातायात आवागमनमा समस्या छ ।

सडकडिभिजन कार्यालय विराटनगरका इन्जिनियर कैलाश देवले भने सडक मर्मतमा वर्षमा सालवसाली टेण्डर हुने र त्यो साउन भदौमा मात्र हुने जनाए । यसवर्षको टेण्डरनै अझै नखुलेको वताए । अहिले अमानतीमा कार्य भएकाले प्राथमिक उपचार जस्तो मात्र भएको सुनाए ।

वडाध्यक्ष भटटराईले आक्रोस जनाए “विपद प्रकोपका वेला भएका खाल्डाखुल्डी पूर्न टेण्डरै कुर्न मिल्छ ? यदि सडकडिभिजनले सक्दैन भने सक्दिन भन्नुभयो हामी गछौ ।” राजमार्ग संघीय सरकार अन्र्तगत भएकाले स्थानीय तहले सडकमा खर्च गरे वेरुजु आउने समस्या भएकाले काम गर्न नमिल्ने अवस्था छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रिजालले आवश्यकता र औचित्यका आधारमा सडक र पूल मर्मत गर्नुपर्नेमा जोड दिए । उनले संघीय सरकारले सडक वनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरे उपयुक्त हुने धारणा राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार